अनाथ बालबालिकालाई प्रहरीको न्यायो लुगा

अनाथ बालबालिकालाई प्रहरीको न्यायो लुगा

महेन्द्रनगर : कञ्चनपुर प्रहरीले समाज कल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगरमा रहेका बालबालिकालाई न्यायो लुगा वितरण गरेको छ । 

नेपाल प्रहरीको समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत अनाथालयमा रहेका बालबालिकालाई न्यायो लुगा वितरण गरिएको हो । अनाथालयमा रहेका २२ जना बालबालिकालाई प्रहरीले न्यायो लुगा अन्तरगत ओढ्ने कम्बल र कापी कलम वितरण गरिएको कञ्चनपुरका एसपी कुवेर कडायतले जानकारी दिए । 

‘समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सामाजिक कार्य स्वरुप न्यायो लुगा र कापि कलम वितरण गरिएको हो’उनले भने,‘प्रहरीले समुदायमा सञ्चालित गरेको कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजाने छ।’ 

न्यायो लुगा वितरण कार्यक्रममा अञ्चल बाल अनाथालयका अध्यक्ष पुरन बहादुर चन्द सहित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मेखबहादुर खत्री, प्रहरी निरीक्षक सुरक्षा केसी सहित पत्रकारहरुको सहभागिता रहेको थियो । 

प्रहरीले शुरु गरेको समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत हरेक हप्ताको शनिबार नगर सरसफाई, घरेलु हिंसा न्यूनिकरणका कक्षाहरु, लागूऔषध दुव्र्यसनी रोक्न स्कुल अभियान सहितका गतिविधि गर्दै आइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.