माइनसमा पुगेको चिसोबाट बचाउन सडकबासीलाई न्यानो

माइनसमा पुगेको चिसोबाट बचाउन सडकबासीलाई न्यानो

जुम्ला : जिल्ला सदरमुकाम खलंगाका विभिन्न सडक पेटी, सार्वजकि स्थान तथा मठमन्दिरमा बस्ने सडक मान्छेलाई राहत सामाग्री वितरण गरिएको छ । 

एक हप्तादेखि जिल्लामा जारी हिमपात तथा माइनस सात डिग्रिमा पुगेको अत्यधिक चिसोका कारण सडकका कुनै मान्छेलाई ज्यान गुमाउन नदिन स्थानीय प्रशासनले उनीहरुलाई न्यानो दिएको हो । 

राहत पाउनेमा पहिचान नखुलेका नौ जना सडकका छन् । उनीहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले कम्बल, ज्याकेट र सशस्त्र प्रहरी बल नम्बर २३ गणले नुन, दाल र चामल बितरण गरेका छन् ।

राहत पाउनेहरु सबै बोल्न नसक्ने फरक क्षमताका हुन् । सडकमै बास भएका उनीहरु एकसरो लुगा र एकछाक खानका लागि भौतारिइरहन्छन् । राहत पाएपछि उनीहरुले सांकेतिकरुपमा खुसी ब्यक्त गरे । राहतसँगै उनीहरुलाई खाजा समेत खुवाइयो । 

दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले सडकमा बास भएका मानिसहरुलाई चिसोबाट जोगाउन सहयोग गरिएको बताए । 

पहिचान नखुलेका तर, सडकमै बास भएका उनीहरुलाई स्थानीय तहसँग समन्वय गरी नेपाली नागरिकता उपलब्ध गराइने उनको भनाई छ । नागरिकता नभएकै कारण राज्यले दिने दुई हजार रुपैयाँ भत्ताबाट उनीहरु बञ्चित भएका छन् । ‘सडकबासीलाई राज्य भएको आभास दिलाउनुका साथै उनीहरुको सहारा बन्नु राज्यको कर्तब्य हो’, उनले भने, ‘त्यसैले उनीहरुलाई अधिकार दिलाउन आफन्तजनको पनि खोजी हुनेछ ।’ 

सशस्त्र प्रहरीबलका एसपी रोशन श्रेष्ठले सडकबासीलाई अभिभावकको महसुस दिलाउन सबै निकायले सहयोग गर्नु जरुरी रहेको बताए ।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.