कृषि पर्यटन र मगर संस्कृतिका लागि होमस्टे

कृषि पर्यटन र मगर संस्कृतिका लागि होमस्टे

बेसीसहर : सामुन्ने देखिने थुप्रै सेता हिमाल। सफा सडक, चिटिक्क परेका घर। मनमोहक प्राकृतिक छटा र मगर संस्कृति रहेको बेसीसहर–२ नरुवाल मगरगाउँ यतिबेला पर्यटक भित्र्याउन आतुर छ।

बेसीसहरबाट नजिकै रहेको मगरगाउँमा होमस्टेको सुरुवात गरिएको हो। गाउँमा रहेका मगर समुदायले होमस्टे सञ्चालनमा ल्याएका हुन्। नरुवाल मगर गाउँका १० घरमा होमस्टे सुरु गरिएको छ। ‘अहिले १० घरमा होमस्टे सञ्चालन गरिएको छ’, होमस्टे व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर रानाले भने, ‘पाहुनाको आगमन बढेपछि थप घरमा विस्तार गर्छौं।’ सिर्जना आमा समूहकी अध्यक्ष सावित्री आलेले पाहुनाका लागि हरेक घरमा कोठाको व्यवस्थापन गरिएको बताइन्। होमस्टे रहेका घरमा चिटिक्क परेका सफा बेडरुम, शौचालय, बाथरुम, पानीधारा, ऐना, टाबेल, साबुनलगायत आवश्यक सबै सामान राखिएका छन्।

पाहुनाका लागि खान र बस्नका लागि प्याकेज र मेनु बनाइएको छ। लमजुङ उद्योग वाणिज्य संघको एक गाउँ एक उत्पादन (ओभीओपी) अन्तर्गत २१ जनाले पाँच दिने होमस्टे व्यवस्थापन तालिमसमेत लिएका छन्। नरुवल मगर गाउँमा ४२ घर छन्। ‘नरुवाल मगर होमस्टेमा आऔं, कृषि पर्यटन र मगर संस्कृतिमा रमाऔं’ भन्ने नाराका साथ सुरु गरिएको होमस्टेको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे। गण्डकी प्रदेशभित्र तीन सय गाउँलाई होमस्टे बनाउने तयारीका साथ प्रदेश सरकार लागि परेको मुख्यमन्त्री गुरुङले बताए। उनले होमस्टेबाट मात्रै प्रदेशभित्र ४० हजारलाई रोजगारी मिल्ने दाबी गरे।

पर्यटन क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्रथामिकतामा राखेको भन्दै उनले सन् २०२२ भित्र २० लाख पर्यटक भिœयााउने दाबी गरे। ‘अहिलेसम्म १० लाख पर्यटक छन्’, गुरुङले भने, ‘सन् २०२२ सम्म २० लाख पु¥याउन सम्भव छ।’ कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा पनि सहभागी थिए। उनले आफ्नो गाउँमा सुरु गरिएको होमस्टेलाई प्रवद्र्धन र स्थानीयलाई हौसला दिन आफू उपस्थित भएको बताए।

मगरगाउँ पुगेपछि आर्गानिक अन्नका साथै स्थानीय सुँगुर, कुखुरा, गुन्द्रुकको अचार, सिस्नुको खोले, कोदोको रोटी, दुधदही अनि रक्सी खान पाइन्छ। होमस्टे व्यवस्थापन समितिका सचिव बाबुराम राना मगरका अनुसार गाउँमा आउने पर्यटकलाई एक हजार रुपैयाँमा मासुसहितको आर्गानिक खाना, खाजा, नास्ता र बास बस्ने व्यवस्था मिलाइएको छ। मासु नखानेका लागि आठ सय ८० रुपैयाँ लाग्नेछ। होमस्टे सञ्चालिका सुकमाया रानाका अनुसार गाउँमा आउने पाहुनाले मगर संस्कृति पनि हेर्न पाउने छन्। कौडा, झ्याउरे, दोहोरी, ठाडोभाका लगायतका मनोरञ्जनात्मक कार्यक्रम यहाँ हेर्न पाइन्छ।

स्थानीय समाजसेवी मदन रानाका अनुसार ऐतिहासिक ढुंगेडाँडा, ढुंगेधारा, रोटे पिङ, भयर थान र गोरख थान यहाँका विशेषता हुन्। मगरगाउँबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायतका हिमशृंखला देख्न सकिन्छ। लमजुङ दरबार, काउलेपानी देवी मन्दिरलगायत ऐतिहासिक महत्व बोकेका क्षेत्रसमेत यहाँबाट देखिन्छन्। मध्यमस्र्याङ्दीको बाँधस्थलमा बनेको तालको मनोरम दृश्य मगरगाउँबाट देख्न सकिन्छ। बेसीसहरबाट गैरीहुँदै मोटरबाट वा हिँडेरै पनि मगरगाउँ पुग्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.