संसदीय समिति बैठकमा संसदले लाइभ गर्न खोजेपछि...

संसदीय समिति बैठकमा संसदले लाइभ गर्न खोजेपछि...

काठमाडौं : राज्य व्यवस्था समितिमा अंगीकृत नागरिकता छानबिनबारे छलफल चलिरहेको छ । समितिमा आइतबार यो विषयले प्रवेश पाइरहँदा संघीय रजपाका सांसद प्रमोद साहले सामाजिक सञ्जाल फेसबुकमा ‘लाइभ’ गरेका थिए । सत्तासीन नेकपाका सांसद झपट रावलको आपत्तिपछि समिति सभापति शशि श्रेष्ठले सांसद यादवलाई लाइभ गर्न रोक लगाइन् ।

समितिमा नागरिकता ऐन संशोधन विधेयकमाथि दफावार छलफल चलिरहेको छ । ०६२÷०६३ पछि राजनीतिक सहमतिमा आधारमा बाँडिएका अंगीकृत नागरिकता छानबिन गर्न आयोग बनाउने विषय विधेयकमा राख्ने कि नराख्ने भन्नेमा छलफल जारी छ । सत्तासीन नेकपाका सांसद रावल, नेमकिपाका प्रेम सुवाललगायत सांसदले अंगीकृत नागरिकतामाथि छानबिन गर्न आयोगको व्यवस्था विधेयकमै राख्नुपर्ने माग गर्दै आएका छन् ।

राजपाका सांसद साहलेले भने आफ्ना कुरा राख्ने क्रममा फेसबुकमा लाइभ गरे । सँगै बसेका नेकपा सांसद रावलले आपत्ति जनाउँदै समिति सभापति श्रेष्ठको ध्यानाकर्षण गराए । सभापति श्रेष्ठले फेसबुक लाइभ बन्द गर्द सांसद यादवलाई निर्देशन दिइन् । साहले भने पत्रकारले लाइभ गर्दा हुने, आफूले किन नपाउने भनी प्रश्न गरेका थिए । तर सभापति श्रेष्ठले पत्रकारको काम सांसदलाई नगर्न निर्देशन दिइन्।

नागरिकता विधेयकमा अंगीकृतका सन्तानलाई वंशजको नागरिकता दिने कि नदिने भन्नेमा दलहरूबीच मुख्य विवाद छ । समितिले सरोकारवालासँग छलफल गरेर दफवार छलफल प्रारम्भ गरेको समिति सभापति श्रेष्ठले जानकारी दिइन् ।


*भुलसुधार : यसअघि यस समाचारमा सांसद प्रमोद साह हुनुपर्नेमा सांसद प्रदीप यावदको नाम पर्न गएकोमा क्षमायाचना सहित सच्चाइएको छ । :  सम्पादक 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.