कञ्‍चनपुरमा चिर्पट प्रहार गरी युवकको हत्या

कञ्‍चनपुरमा चिर्पट प्रहार गरी युवकको हत्या

महेन्द्रनगर : कञ्‍चनपुरको महाकाली नगरपालिकामा एक युवकको चिर्पट प्रहार गरी हत्या गरिएको छ। महाकाली नगरपालिका २ मा आईतबार राति २२ वर्षीय हरजितसिंह धामीको दाउरामा चिर्पटले प्रहार गरेर हत्या भएको हो।

स्थानीय कालुसिंह बोहराको घरमा विवाहको साँस्कृतिक कार्यक्रम चलिरहेको बेला स्थानीय महेन्द्रसिंह बोहराले धामीको टाउकोमा चिर्पट प्रहार गरेको प्रहरीले जनाएको छ। चिर्पट प्रहार गरे लगत्तै गम्भीर घाईते भएका धामीलाई उपचारका लागि भारतको खटिमा पुर्‍याइएको थियो।

धामीको उपचारका क्रममा मृत्यु भएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए। ‘बिहे घरमा भइरहेको साँस्कृतिक कार्यक्रममा उक्त घटना भएको देखिन्छ’ एसपी कडायतले भने,‘घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.