मुख्यमन्त्रीविरुद्ध खनिए मन्त्री यादव

मुख्यमन्त्रीविरुद्ध खनिए मन्त्री यादव

जनकपुरधाम : संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको चर्को आलोचना गरेका छन्। जनकपुर चुरोट कारखाना लि (जचुकाली)को औद्योगिक भवन कब्जा गरेको आरोप लगाउँदै मन्त्री यादवले मुख्यमन्त्रीप्रति आक्रोश पोखेका हुन्।

मन्त्री यादवले जनकपुर चुरोट कारखानाको मिटिङ हलमा पत्रकार सम्मेलन आयोजना गरेर मुख्यमन्त्रीको स्वेच्छाचारी प्रवृत्तिको विरोध गरे।

‘मुख्यमन्त्री र मबीच तत्कालका लागि प्रदेश सरकारको काम सञ्चालन गर्न कारखानाको भौतिक संरचना प्रयोग गर्ने कुरा भएको थियो,’ मन्त्री यादवले भने, ‘ चुरोट कारखानाको बोर्ड हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको होर्डिङ बोर्ड झुन्ड्याउनुभयो।’ संघीय सरकारसँग कुनै समन्वय नगरी सरकारी स्वामित्वको जनकपुर चुरोट कारखानाको भवन बोर्ड हटाएकोप्रति उनले चर्को आलोचना गरे।

उनले भने, ‘चुरोट कारखानाको भवनमा मधेस भवन लेख्ने अधिकार मुख्यमन्त्रीलाई कसले दियो, उहाँले कसलाई सोधेर बोर्ड राख्नुभयो।’ आधा घण्टा मैथिली भाषामा पत्रकार सम्मेलनमा बोलेका मन्त्री यादवले चुरोट करखानालाई सञ्चालन गर्न प्रदेश सरकारले अवरोध खाडा गरेको उनले अरोप लगाए।

आफू मन्त्री भएपछि मुख्यमन्त्री राउतसँग भएको सौहार्दपूर्ण बैठकमा कारखानाको आवास परिसरमा मात्र मन्त्रालय तथा अन्य प्रयोजनका लागि दिएको मन्त्री यादवले बताए। ‘उहाँको जबर्जस्तीले हद नाघ्यो। कारखानाको सबै जग्गा कब्जा गरेर बस्नुभएको छ,’ उनले भने, ‘म चुरोट कारखाना सञ्चालनका लागी लगानीकर्ता पठाउँछौं। लगानीकर्ताले चुरोट कारखानाको बोर्ड पनि छैन भन्छन्।’

मन्त्री यादवले भने, ‘मैले पनि उहाँजस्तै जबर्जस्ती त्यो बोर्ड उखेलेर फाले के हुन्छ ? मातृका मधेसविरोधी, संघीयताविरोधी भनेर आरोप लगाउँदै उहाँ मेरो विरोध गर्नुहुन्छ। उहाँ बस्ने नै हो भने कारखानाको परिसरमा नभई आवासीय क्षेत्रमा बस्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.