कीर्तिमानी रोहितको घर पुग्दा : बुबाको गला अवरुद्ध

कीर्तिमानी रोहितको घर पुग्दा :  बुबाको गला अवरुद्ध

परासी : आइतबार दिउँसो युवा क्रिकेटर रोहित पौडेलको घरमा पुग्दा उनका बाबु कुमार पौडेल ग्राहकलाई सामान बेच्नमै व्यस्त थिए । पसलमा आएका ग्राहकले छोराले देशकै नाम उचो राखेको भन्दै कुमारलाई बधाई दिइरहेका थिए ।  

रोहितको घर पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ बुद्धबस्तीमा छ । घरनजिकै उनका बाबुले हार्डवेयर’ पसल चलाएका छन् ।  रोहितका बाबु भारतीय सेनाबाट अवकाश प्राप्त हुन् । उनी ५ वर्षअघि अवकाश लिएर नेपाल आई व्यवसाय गरेर बसेका छन्।


छोराको कीर्तिमानबारे प्रश्न गर्दा उनका आँखा रसाए। ‘आफ्ना सन्तानको प्रगती सुन्दा कसका बाबुआमा हर्षित नहोलान् ?’  हर्षित मुद्रामा गला अवरुद्ध बनाउँदै कुमारले भने‘ त्यसमा पनि छोराले देशकै नाम उचों राखेको छ। हामी छोराको टिमलाई नेतृत्व गर्ने लिडर  र प्रशिक्षकलाई विशेष धन्यवाद दिन चाहान्छौं। ’

रोहितले शनिबार नेपाल र यूएईबीचको एकदिवसीय क्रिकेट प्रतियोगितामा सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने कीर्तिमान बनाएका हुन् । उनले ५८ बलमा ५५ रन बनाएका थिए । 

२०५९ भदौ १७ गते बुद्धबस्तीमा जन्मेका रोहितले १६ वर्ष १४६ दिनमा यसअघिको चर्चित दुई क्रिकेटर भारतका सचिन तेन्दुल्कर र पाकिस्तानका शाहिद अफ्रिदीको रेकर्ड  तोड्न सफल भएका हुन्।

 पसलमा रहेका रोहितका बाबु कुमार । तस्बिर : हरि शर्मा

 एक दाजु र दिदी रहेका रोहित परिवारका कान्छा हुन् । बाबु जागिरे रहँदा सबै परिवार  भारतमै रहेकाले सबैकाोशिक्षा भारतको गोरखपुरमा भएको हो ।  ‘ठूलो छोराले कम्प्युटर   साइन्समा डिग्री गरेका छन् । छोरीले बिए पास गरिन् ।'  कुमारले भने-'कान्छोले  ८ कक्षा भन्दाबढी पढ्न सकेन। सानैदेखि क्रिकेटमा रुची भएकाल] पढाइमा ध्यान दिएन।’ 

 कुमारकाअनुसार रोहित पढ्न नमानेर स्कुल छाडेर क्रिकेट खेल्न पुग्थे ।  त्यसैले पनि छोराको खेलप्रतिको रुचीलाई मार्न सकेनौं । पढाइमा रुची नदेखाएपछि परिवारले पनि उनलाई खेलमै हौसला थप्न थाले।  

रोहितलाई आफूले ३ लाख रुपैयाँ खर्चेर दिल्लीमा प्रशिक्षण लिन पठाएको कुमारले बताए ।  'पढेको भए पनि थुप्रै खर्च लाग्थ्यो । त्यसैले पढाइ खर्च खेलमा लगाई दिने सोंच बनाएका हौं।’ उनले भने । अझै राम्रो ठाउँमा गएर प्रशिक्षण लिनुपर्छ भनेर  ५ लाख  छुट्याइ दिएको  उनले बताए । 

 अहिले कीर्तिमान बनाएको सुन्दा परिवारकै खुसीको सीमा  छैन । रोहित ९/१० वर्षको उमेरदेखि नै क्रिकेट व्याट बोकेर खेल्न जाने गरेको कुमारले सुनाए । पूरै परिवार क्रिकेटको फ्यान भएकाले पनि रोहितलाई हौसला मिलेको छ ।  हरेक क्रिकेट म्याच सबै परिवारले नछुटाई हेर्ने गरेको कुमारले सुनाए । ‘छोराको मात्र होइन सबैै म्याच राति भए पनि हेर्छौं ।’ उनले भने ।

 रोहितले विभिन्न प्रतियोगितामा भाग लिदाँका तस्विर र मेडलहरु । तस्बिर : हरि शर्मा 

गोरखपुरमा भएका जिल्लास्तरका प्रतियोगितामा भाग लिएर रोहितले विभिन्न मेडल जितेको कुमारले सुनाए । रोहित  नेपाल आउँदा पनि क्रिकेट खेल भएका स्थानमा पुगेर हेर्थे । खेल्न तयार भइहाल्थे । ‘यहाँ पनि राम्रो खेलेको देखेपछि जिल्ला हुँदै भैरहवा र बुटवलसम्म खेल्न पुग्यो ।’ कुमारले भने । रोहित पछिल्लो पटक भैरहवाको खुकुरी क्लबसँग आवद्ध भएर खेल्दै आएका थिए । 

 रोहितको म्याचको दिन ठूलो छोरा, बुहारी र श्रीमती आफन्तको विवाहमा स्याङ्जा गएका थिए । कुमारले छोरीसँग घरमा टीभी हेरिरहेका थिए । टिभीबाट किर्तिमान बनाएको खबर सुनेलगत्तै बाहिर गएका परिवारलाई सुनाउन कुमार आतुर भए । गाडीमा जाँदै गरेका परिवारले गाडी नै रोकेर फोनमार्फत खुसी साटासाट गरेको उनले जानकारी दिए ।  

सानो उमेरमा रोहित चञ्चले थिए । बालापन सुनाउँदै रोहितकी दिदी रानुले भनिन्‘ घमन्डी थिएन तर चकचके चाँहि थियो। अहिले भने शान्त छ ।’ स्कुलबाट आउनेबित्तिकै झोला फालेर क्रिकेट व्याट बोकेर दगुर्ने गरेको दिदीले सुनाइन् ।  

‘टिभीमा म्याच आउनेबित्तिकै दगुरेर घर आएर हेथ्र्यो । टिभीमा म्याच हेर्ने बेला पनि ब्याट नै लिएर बस्ने  बस्थ्यो।’ रानुले भनिन

स्थानीय खेलाडी सिम्टन जोशीले भारतबाट घर आएपछि रोहितले गाउँमा हुने खेलमा पनि सहभागी हुने गरेको बताए । ‘सुरुमा खेल्न खोज्दा हामीलाई यो फुच्चेले के सक्छ भन्ने लाग्थ्यो’ जोशीले  भने । ‘एकपटक मौका दिउ भनेर खेलाउँदा राम्रै प्रदर्शन गरेपछि उ लोकिप्रिय हुँदै गयो’

अभ्यास गर्नका लागि घरको कमाउण्डभित्र बनाएको स्थल। तस्बिर : हरि शर्मा

रोहितले घरमै खेल अभ्यास गर्ने गरेका छन् । उनले घरको कम्पाउण्ड भित्रै खेल स्थल निर्माण गरेका छन् । जहाँ उनले जाली लगाएर एक्लै अभ्यास गर्ने  गर्छन् । छोराको खेलप्रतिको रुचीलाई प्रोत्साहन गर्न कुमारले गाउँकै क्रिकेट मैदानलाई पनि सहयोग गरेका छन् । स्थानीय युवा क्लबले निर्माण गरेको खेल मैदानमा क्रिक्रेटका लागि आवश्यक पर्ने स्थलको कुमारले आफ्नै लगानीमा पीच गर्ने जनाएको स्थानीय क्रिकेट खेलाडी जोशीले बताए । 

क्यानको विवादले दुःखी
 
नेपालको क्रिकेटको सबैभन्दा ठूलो निकाय क्यानमा देखिएको विवादप्रति रोहितका बाबु कुमार दुःखी छन् । क्यान विवादका कारण नेपाली क्रिकेटले गति लिन नसकेको भन्दै सरकारले तत्काल विवाद समाधान गर्नुपर्ने सुझाव दिए । विवादकै कारण खेलाडीहरुले समयमा तलब नपाउनु, आफ्नै खर्चमा खेल्न जानु दुर्भाग्य भएको उनको भनाइ छ । 

नेपालमा रोहित जस्ता क्रिकेट खेलाडी धेरै रहेकाले तीनले पनि मौका पाउनु पर्ने कुमार बताउछन् । तत्काल अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण हुनुपर्ने, प्रयाप्त प्रशिक्षण दिनुपर्ने उनको माग छ। स्थानीय सरकारले पनि स्थानीय स्तरमा रहेका खेलाडीहरुलाई प्रोत्साहन गर्न रंगशाला निर्माणमा पहल गर्नु पर्ने कुमारले बताए ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.