निर्मलाको डीएनएसँग आमाको डीएनए म्याच

निर्मलाको डीएनएसँग आमाको डीएनए म्याच

महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको योनीबाट संकलन गरिएका भजाइनल स्वाबबाट तयार पारिएको डीएनए प्रोफाइलसँग आमाको डीएनए प्रोफाइल मिलेको छ। 

बालिका निर्मला पन्तको भजाइनल स्वाबबाट तयार पारिएको डीएनए प्रोफाइल उनको हो होइन भन्ने पुष्टि गर्न आमा दुर्गादेवी पन्तको रगतको नमुना संकलन गरिएको थियो।

निर्मलाको भजाइनल स्वाबबाट तयार पारिएको डिएनए प्रोफाइलसँग आमा दुर्गादेवी पन्तको रगतको नमुनाबाट तयार पारिएको डीएनए प्रोफाइलसँग मेल खाएको रिपोर्ट आएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले बताए। 

'बालिका निर्मला पन्तको भजाइनल स्वाबवाट तयार पारिएको डीएनए उनको हो वा होइन भन्ने सबैमा शंका थियो,' एसपी कडायतले भने,'आमाले त्यही शंका कम गर्नका लागि हामीलाई रगतको नमुना संकलन गरिदिन आग्रह गरेकी थिइन्।'

प्रहरीले आमा दुर्गादेवी पन्तले आफ्नो रगतको नमूना संकलन गरिदिन आग्रह गरेपछि गत पुष २६ गते उनको रगतको नमुना संकलन गरेर काठमाडौं पठाएको थियो। जिल्ला प्रहरी कार्यालयले रगतको नमुना संकलन गरेर प्रहरीको प्रयोगशाला र विधि विज्ञान दुवै ठाउँमा नमूना पठाएको थियो । रिपोर्टमा दुवैको डीएनए प्रोफाइल ९९ दशमलव ९९ प्रतिशत मेल खाएको छ। 

स्वर्गीय निर्मला पन्तकी आमा दुर्गादेबीले अनुसन्धानमा सहयोग पुर्‍याउन आफू तयार रहेको भन्दै सुरुदेखि नै आफ्नो रगतको नमुना संकलन गर्न माग राख्दै आएकी थिइन्। दुर्गादेवीले पुष २६ गते रगतको नमुना दिएपनि उनका श्रीमान यज्ञराजले भने दिन मानेका थिएनन्।

गत पुष १५ गते दोस्रो पटक प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कञ्चनपुर पुगेका बेला अधिकारकर्मी ले समेत निर्मलाको शरीरबाट संकलन गरिएको भजाइनल स्वाबमा नै शंका रहेकाले निवारणका लागि आमाबुवाको डीएनए परीक्षण गर्नुपर्ने माग राखेका थिए। 

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ६ महिना बितिसकेको छ। तर अहिलेसम्म पनि निर्मला पन्तको बलात्कार र हत्याप्रकरण टुंगिन सकेको छैन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय सहितका थुप्रै समिति बनेर अनुसन्धान गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.