राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक टेबल
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रियसभाबाट टेबल भएको छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकलाई टेबल गरेका हुन्।
दोस्रो बैठक सुरु हुने बित्तिकै नेपाली काङ्ग्रेसका सांसदहरु आ–आफ्ना स्थानबाट उठी बैठकलाई अवरोध गरेका थिए। अवरोधका बीचमा नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आजको शून्य, विशेष समय नहुने र दैनिक कार्यसूचीबाट विभिन्न बुँदा हटाएको जानकारी दिएका थिए।