हिमपातले गाउँ पसेको घोरलको पाठीको उद्धार

हिमपातले गाउँ पसेको घोरलको पाठीको उद्धार

दुनै,डोल्पा : सदरमुकाम दुनैबाट प्रहरीले घोरलको एउटा बच्चाको उद्धार गरेको छ । बिहानै दुनै बजारको लाउचा डाँडाबाट पानी पिउन भेरीमा झरेको घोरलको पाठीलाई कुकुरले लखेटिरहेका बेला प्रहरीले उद्धार गरेको हो । 

करिब ६ महिना जतिको घोरलको पाठी भेरीमा हाम फालेपछि त्यहाँबाट निकालेर उद्धार गरि जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखिएको छ । कुकुरले लखेट्दा सामान्य चोट लागेको या पाठीलाई उपचारपछि जिल्ला वन कार्यालयमार्फत् वनमा छाडिने प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए । 

निरन्तरको हिमपातले उच्च क्षेत्रमा आहारा छोपिएपछि चरणकै लागि वन्यजन्तु यतिबेला तल झर्ने गर्छन् । त्यहीक्रममा घोरलको पाठीलाई कुकुरले भेट्टाएका हो । 

हिमपातको बेलामा मृग, घोरल, कस्तुरी र डाँफे गाउँसम्म आउने गर्छन् । वन अधिाकरी, निकुञ्जका कर्मचारी र प्रहरीले फेला नपारे मारिने गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।
सोमबार बिहान प्रहरीले उद्धार गरेको ६ महिने घोरलको पाठी ।
         
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.