पर्सास्थित अन्नपूर्ण पोस्ट्कर्मी क्रान्ति शाह पुरस्कृत

पर्सास्थित अन्नपूर्ण पोस्ट्कर्मी क्रान्ति शाह पुरस्कृत

वीरगन्ज : सुन्दर सावित्री स्मृति संस्था काठमाडौँले अन्नपूर्ण पोस्ट्का पर्सा जिल्ला संवाददाता क्रान्ति शाहलाई पुरस्कृत गरेको छ । वीरगन्जमा सोमबार तेश्रो वार्षिक भगवान् बुद्ध पूजाको अवसरमा आयोजित कार्यक्रममा सुन्दर सावित्री स्मृति संस्थाले शाहलाई सम्मान पत्रसहित नगद १५ हजार रुपैयाँको पुरस्कार प्रदान गरेको हो । 

कार्यक्रममा वीरगन्ज उद्योग वाणज्य संघका अध्यक्ष गोपाल केडिया र संस्थाकी अध्यक्ष रत्नेश्वर कुमारी गोर्खाली श्रेष्ठले शाहलाइ सम्मान पत्र र पुरस्कार प्रदान गरेका हुन् ।

लामो समय देखि पत्रकारितामा कृयाशील रहेर योगदान गरेकाले पत्रकार शाहलाई सम्मान पत्र र नगद पुरस्कार प्रदान गरिएको सुन्दर सावित्री स्मृति संस्थाकी अध्यक्ष रत्नेश्वरी कुमार गोर्खाली श्रेष्ठले बताइन् । 

संस्थाले यसअघि वीरगन्जका पकारद्वय ध्रुब अधिकारी र विजय कुशवाहलाई उक्त पुरस्कार दिइएको  । सोमबार नै आयोजित कार्यक्रममा सुन्दर सावित्री स्मृति संस्थाले वीरगन्ज–१५ भिस्वास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका छात्रछात्रालाई ७५ थान स्वीटर वितरण गरेको छ ।

वीरगन्जको भिस्वा डाँडामा सुन्दर सावित्री स्मृति संस्थाकी अध्यक्ष रत्नेश्वर कुमारी गोर्खाली श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद तथा कांग्रेस पर्साका पुर्व सभापति राजेन्द्रबहादुर अमात्य, वीरगन्ज उपमहानगरपालिकाकी उपमेयर शान्ति कार्की, संस्थाका सल्लाहकार भुवनेश्वर कुमार प्रधान, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा र समाजसेवी वीरहर्ष शाक्य लगायतले बोलेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.