धनगढीमा तरुण दलको प्रदर्शन
धनगढी : नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुणदल जिल्ला कार्य समिति कैलालीले धनगढीमा विरोध प्रदर्शन गरेको छ। माघ ८ गतेदेखि विराटनगरबाट सुरु भएको दरुण दलको विरोध प्रर्दशन अन्र्तगत सोमबार धनगढीमा भएको हो।
विरोध प्रदर्शनमा डाक्टर गोविन्द केसीको माग पूरा गर, महंगी नियन्त्रण गर, शान्ति सुरक्षा कायम गर, निर्मलालाई न्याय दे लगायतका नारा लगाइएका थिए। कोण सभालाई तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सरकार भ्रष्टचारमा लिप्त भएको आरोप लगाए।
देशमा हत्या हिंसा बलात्कारका घटना बढ्दा पनि सरकार चुप लागेर बस्दा अपराधि खुसी भएको धारणा उनले व्यक्त गरे। निर्मलाको हत्यारालाई सरकारले नै संरक्षणमा राखेको बस्नेतको आरोप थियो। विरोध जुलुसमा सहभागी हुन ९ वटै जिल्लाबाट नेपाली कांग्रेसका नेता कार्यकर्ताको सहभागिता थियो।