करेन्ट लागेर ज्यान गुमाउनेका परिवारलाई जनही पाँच लाख

करेन्ट लागेर ज्यान गुमाउनेका परिवारलाई जनही पाँच लाख

काठमाडौँः धनुषामा केही दिनअघि करेन्ट लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले जनही पाँच लाख रुपैयाँ राहत दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले धनुषाको सबैलामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई जनही पाँच लाख दिने निर्णय गरेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति र सबै घाइतेको उपचार खर्चसमेत सरकारले व्यहोर्ने जानकारी दिए ।  

धनुषाको सबैला नगरपालिका–४ कोठिया बल्टियामा विवाहमा गएर फर्किएको जन्ती बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह भई आगलागी हुँदा ६ जनाको मृत्यु भएको थियो । 

मन्त्री पुनले यस घटनामा दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहत र घाइतेको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने बताए । गत शुक्रवार करेन्ट लागेर २१ जना घाइते भएका थिए । १९ जना घाइते अस्पतालबाट डिस्चार्ज भइ घरमै उपचार गरिरहेका छन् भने दुईजना हाल अस्पतालमै उपचाररत छन् ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.