सरकारलाई जवाफ दिन राष्ट्रियसभाका अध्यक्षको निर्देशन

सरकारलाई जवाफ दिन राष्ट्रियसभाका अध्यक्षको निर्देशन

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पतालका बारेमा सदनमा काङ्ग्रेसले उठान गरेको चासो र चिन्ताका विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उनले सो निर्देशन दिएका हुन्। काङ्ग्रेसले आफ्ना शीर्ष नेता द्वयका नाममा स्थापित अस्पताललाई सरकारले कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गर्दै आएको छ। 

सोमबार बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृतसमेत गरेको थियो।

बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सहमतिमा नै आएको बताए।

उनले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी चिकित्साशास्त्र अध्ययनको अनुमति दिइसकेको अवस्था रहेको बताउँदै आगामी दिनमा यसलाई विधेयकले व्यवस्थित गर्ने बताए।

काङ्ग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आफ्नो पार्टीका सांसदले सदनमा उठान गरेका विषयवस्तुमा सरकार गम्भीर बन्न नसकेको आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.