११५ रन बनाएर आउट भए पारस

११५ रन बनाएर आउट भए पारस

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का ११५ रन बनाउँदै आउट भएका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सतक बनाउने पहिलो नेपाली पारसले ९६ बलमा १०० रन बनाएका थिए । 

आक्रमक ब्याटिङ गरेका पारस १०९ बलमा ११५ रन बनाएको अवस्थामा एलबीडब्ल्यु धरापमा पर्दै आएट भएका हुन् । उनले आफ्नो शानदार पारीका क्रममा १५ चौका र एक छक्का हानेका थिए । 

५० ओभरको खेलमा पारसले चौथो सतक बनाइसकेका छन् । खड्काले ताजा अवस्थामा १०७ बलको सामना गर्दै ११३ रन बनाइसकेका छन् । यसअघि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले‍ ५० बलमा अर्धशतक पुरा गरेका थिए । 

तेस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्लसँग ६२ रनको साझेदारी गरेका खड्काले व्यक्तिगत अर्धशतक बनाउँदा दीपेन्द्रसिंह ऐरीसँग १७ रनको साझेदारी गरेका थिए । पारस एकदिवसीयमा दोस्रो अर्धसतक बनाउने र पहिलो सतक बनाउने पनि पहिलो खेलाडी बनेका छन ।

पहिले ब्याटिङमा गएर संयुक्त अरब इमिरेट्स (यूएई) ले दिएको २२५ रनको चुनौती पछ्याउने क्रममा नेपालका लागि कप्तान पारस खड्काले शानदार पारी खेलेका हुन् । यसअघि नेपालका ओपनर ज्ञानेन्द्र मल्ल ३५ बलमा ३१ रन बनाएको अवस्थामा आउट भएका थिए ।

त्यसैगरि अर्का ओपनर वसन्त भण्डारी १७ बलमा केबल ९ रन बनाएको अवस्थामा पेभेलियन फर्किए । त्यसैगरी दीपेन्द्र सिंह एरी १५ बलमा ६ रन बनाएको अवस्थामा पेभेलियन फर्किए । त्यसपछि नेपालका लागि सन्दीप जोरा पनि २० बलमा १९ रन बनाउँदै क्याच आउट भए । सन्दीपपछि आएका रोहित पौडेल २४ बलमा १६ रन बनाएको अवस्थामा क्याच आउट भए । अहिले पारसलाई अरिफ शेखले साथ दिइरहेका छन् । उनी ताजा अवस्थामा ९ बलमा १० रन बनाएर पारसलाई साथ दिइरहेका छन् । 

यसअघि टस जितेर बलिङमा गएको नेपालले युएईलाई निर्धारित ५० ओभरमा पाँच विकेट झार्दै २५४ रनमा रोक्न सकेको थियो । त्यसक्रममा नेपाली बलरले उत्कृष्ट सुरुवात गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.