हिमपातपछि ओढारमा हराएकाको खोजी तिब्र, ३० जनाको टोली खटियो

हिमपातपछि ओढारमा हराएकाको खोजी तिब्र, ३० जनाको टोली खटियो

धादिङ : बाक्लो हिमपात भइरहँदा सुरक्षित हुन ओढारभित्र बसेका बेला पहिरो खसेपछि बेपत्ता भएका दुईजना किसानको खोजी कार्य तिब्र पारिएको छ । तर उनीहरुको अवस्थाबारे केही जानकारी आएको छैन ।

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–४ हिन्दुङमा रहेको ओढारमा पहिरो खस्दा दुईजना किसान सहित २ सय ६० भन्दा बढी भेडा बेपत्ता भएका थिए । बेपत्ता हुनेहरुमा १७ वर्षीय धनबहादुर तामाङ र ४२ वर्षीय नुर्बु तामाङ रहेको प्रहरीले बताएको छ ।

सदरमुकाम धादिङवेसीबाट २ दिनको पैदल दूरीमा पर्ने रुवीभ्याली गाउँपालिकाको केन्द्र सेर्तुङबाट ६ घण्टाको पैदल यात्रामा पुग्ने ठाउँमा हिमपातबाट यस्तो घटना भएको हो ।

सोमबार सदरमुकामबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सशस्त्र प्रहरीको टोलीले उनीहरुको खोजी गरेको थियो । टोलीले चट्टान फुटाउने उपकरण सहित विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीहरु खोजी कार्यमा जुटेका छन् ।

उनीहरु ओढारभित्र सकुशल भेटिनसक्ने अपेक्षा खोजीमा संलग्न ३० जनाको टोलीले गरेको छ । जिल्ला प्रशासनले भने बेपत्ता भएकाको अवस्था छिटो पत्ता लगाउन पहल गरिरहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.