दीपक मनाङे अर्थात् माननीय राजीव गुरुङ (फोटो फिचर)

दीपक मनाङे अर्थात् माननीय राजीव गुरुङ (फोटो फिचर)

पोखरा : गण्डकी प्रदेशको प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनीयताको सपथ लिएका हुन्। निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र उनको सपथ भएको हो।

सोमबार प्रदेशसभा भवनमा सभामुख नेत्रनाथ अधिकारीले गुरुङको पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। 

मनाङको प्रदेश ख बाट स्वतन्त्र उम्मेदवारी दिएका मनाङे प्रदेशसभामा एक हजार ४१० मत ल्याएर विजयी भएका थिए। तर विभिन्न विवादित विषयहरूमा मुछिएका उनलाई अदालतले दिएको सजाय आदेशले सांसद बन्न रोकेको थियो।


>>> दीपक मनाङेले लिए १४ महिनापछि सांसदको सप


पुनरावेदन अदालत पाटनले २०६९ मा उनलाई ५ वर्ष जेल सजाय तोकेको थियो। त्यतिबेला फरार उनले हाल मुद्दा ब्यूँतिदा सपथ खान पाएका थिएनन्।

पुनरावेदनको सजाय सच्याउन उनले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए। तर पुनरावेदनकै सजायलाई सर्वोच्च अदालतले गएको माघमा सदर गरेपछि उनी भूमिगत भएका थिए। तर वैशाख ७ गते उनलाई प्रहरीले पक्राउ गर्‍यो।

नयाँ फौजदारी संहिता अनुसार १० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने हुँदा मनाङे गत पुस ६ गते छुटेका थिए।


हेर्नुस् कृष्णमणि बरालले खिचेका फोटोहरूः

गण्डकी प्रदेशको प्रदेश सभामा मनाङबाट निर्वाचित राजीव गुरुङलाई सोमवार प्रदेशसभा भवनमा पद तथा गोपनीयताको सपथ खुवाउँदै सभामुख नेत्रनाथ अधिकारी ।

गुरुङलाई बधाई दिँदै आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान। 

गण्डकी प्रदेशको प्रदेश सभामा मनाङबाट निर्वाचित राजीव गुरुङ सोमवार प्रदेशसभा भवनमा पद तथा गोपनीयताको सपथ लिएपछि उनलाई बधाई दिदै उपसभामुख सृजना शर्मा।

गण्डकी प्रदेशको प्रदेश सभामा मनाङबाट निर्वाचित राजीव गुरुङलाई सोमवार प्रदेशसभा भवनमा पद तथा गोपनीयताको सपथ खुवाएपछि बधाई दिदै सभामुख नेत्रनाथ अधिकारी ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.