भेनेजुएलामा अमेरिकी कदमकाे माेहन वैद्यद्वारा निन्दा
काठमाडौं : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले भेनेजुएलामा अमेरिकी राष्ट्रपतिले चालेको कदमको निन्दा गरेका छन् ।
अमेरिका आफैले भन्दै आएको लोकतन्त्रको समेत भेनेजुएलाको राजनीतिमा निर्लज्ज उपहास गर्ने र राष्ट्रिय सार्वभौमिकता माथि नाङ्गो हस्तक्षेप तथा अतिक्रमण गरेको आरोप वैधले विज्ञेप्ती निकालेर लगाएका छन् ।
आइतबार वैद्यले विज्ञेप्ती जारी गरि भेनेजुएलाको राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठाउन संसारभरका सर्बहारा वर्गका साथै विश्वसमुदायसित पनि विशेष अनुरोध गरेका छन् । यस अघि पनि नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेनुएलाको राजनीतिक संकटमा अमेरिकी हस्तक्षेप भएको भन्दै निर्वाचित राष्ट्रपति निकोलस मदुरोको पक्षमा वक्क्तब्य दिएका थिए ।