युएईविरुद्धको सिरिज जित्दा पारस खड्का उत्कृष्ट खेलाडी

युएईविरुद्धको सिरिज जित्दा पारस खड्का उत्कृष्ट खेलाडी

 काठमाडौँ : संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज नेपालले जित्दा कप्तान पारस खड्का सर्वोत्कृष्ट खेलाडी भएका छन् । नेपालले युएईविरुद्ध दुबईस्थित आईसिसी क्रिकेट एकेडेमीमा भएको सिरिज २–१ ले आफ्नो पक्षमा पार्दा कप्तान खड्का प्लेयर अफ दि सिरिज घोषित भए ।

ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज जि नेपाललाई जिताउन निर्णायक भूमिका खेलेका पारस प्लेयर अफ दि सिरिज भएका हुन् । पारसले सिरिजको तेस्रो एक दिवसीयमा १०९ बलको सामना गर्दै ११५ रन बनाएका थिए । उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सतक बनाउने पहिलो खेलाडी पनि भए । 

पारसले योसहित ५० ओभरको खेलमा चौथो सतक बनाइसकेका छन् । पारसले ९६ बलमा सतक बनाएका थिए । तेस्रो क्रममा आएका उनले आफ्नो पारीमा १५ छक्का र एक चौका पनि हाने । पारसले एकदिवसीय अन्तर्राष्ट्रिय दुई अर्धशतक पनि बनाएका छन् । 

कप्तान पारसले तीन खेलको सिरिजमा कुल १५६ रन बनाए । सिरिजमा उनी सर्वाधिक रन बनाउने खेलाडी समेत बने । उनले पहिलो खेलमा २० रन बनाएका थिए भने दोस्रो खेलमा २१ रन बनाएका थिए । अन्तिम खेलमा भने ११५ रन बनाउँदै शतक प्रहार गरेका थिए । बलिङतर्फ पनि कप्तान पारस चार विकेट लिएका थिय ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.