अख्तियार कर्मचारी एक लाख घुससहित पक्राउ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
अख्तियारको सुर्खेतस्थित कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीलाई एक लाख घुस माग रहेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता एवं सहसचिव रामेश्वर दंगालले जानकारी दिए ।
आयोगमा अनुसन्धान भइरहेको मुद्दा तामेलीमा दिने प्रलोभन देखाएर घुस मागिरहेका असई अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालयको टोलीले बर्दिया राष्ट्रिय निकुन्जको चेकपोस्टबाट नियन्त्रणमा लिएको हो । असई अधिकारीलाई अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रवक्ता दंगालले बताए ।