नेपाल पहिलो पटक एकदिवसीय बरियताको सूचीमा

नेपाल पहिलो पटक एकदिवसीय बरियताको सूचीमा

काठमाडौँ : यूएईविरुद्ध एकदिवसीय सिरिजमा जित निकाले सँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)को एक दिवसीय बरियताक्रममा प्रवेश पाएको छ। नेपालले एकदिवसीय मान्यताप्राप्त राष्ट्रका रुपमा पहिलो पटक बरियाताक्रममा स्थान बनाएको हो।

सोमबार यूएईमाथि जित निकाल्दै  एकदिवसीय सिरिज हात पार्न सफल भएको नेपालले सोमबार नै आईसीसीले सार्वजनिक गरेको नयाँ बरियताक्रममा १५ औं स्थानमा प्रवेश पाएको छ। सार्वजनिक भएको पहिल्लो आईसीसी बरियतामा इङ्ल्याण्ड पहिलो स्थनमा, भारत दोस्रो र न्युजल्याण्ड तेस्रो स्थानमा छन्। पहिलेदेखि नै आईसीसी बरियतामा रहेको यूएई नेपालभन्दा १ स्थान अगाडी १४ औं स्थानमा छ।

नेपालले सन २०१४ मा टी–ट्वीन्टी विश्वकपमा सहभागी भइ दुई खेलमा जित हात पारेपछि  टी–ट्वीन्टी खेल्ने राष्ट्रकारुपमा बरियता क्रममा स्थान पाएको थियो। पछि प्रदर्शन खस्किँदै गएपछि त्यो बरियता  गुम्यो। 

गत मार्चमा  जिम्बाब्वेमा भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगितामार्फत पहिलोपटक एकदिवसीय टोलीको मान्यता पाएको थियो। एकदिवसीय मान्यता सँगै नेपालले टी–ट्वीन्टीको मान्यता पनि पाएको छ। एकदिवसीय मान्यता पाउनेले स्वत टी–ट्वीन्टीको मान्यता पाउने आईसीसीको नियम छ। 

नेपालले आफ्नो पहिलो एकदिवसीय शृंखला नेदरल्यान्ड्ससँग खेलेको थियो। गत अगष्स्को पहिलो साता नेदरल्यान्ड्समै भएको दुई खेलको उक्त शृंखला बराबरीमा टुङ्गिएको थियो।  यूएई भ्रमणमा रहेको नेपालले यूएर्यसँग तीन टीट्वीन्टी सिरिज खेल्नेछ। खेल बिहीबार, शुक्रबार र आइतबार हुनेछ।  

आईसीसीको पछिल्लो एकदिवसीय बरियताक्रम


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.