५ तस्बिरमा हेर्नुहोस् प्रदूषणकाे चपेटामा परेको फेवाताल
पोखरा : पोखराको फेवातालमा थुप्रिएको फोहोर झिक्ने काम मंगलबारबाट सुरु भएको छ। पोखरा बजारको फोहोर फिर्के खोला हुँदै फेवातालमा मिसिदा ताल प्रदूर्षणको चपेटामा परेको हो।
प्लाष्टिकजन्य फोहोर, मरेका कुखुरा, रक्सीको बोतलदेखि घरबाट निस्कने फोहोर पानी समेत तालमा मिसिने खोला, ढल, खहरे खोलामा मिसिदा ताल प्रदूर्षणको चपेटामा परेको हो। पोखरा महानगरपालिकाले सोमबार बंगलादीस्थित खहरे खोलाले ताल पुरेर बनेको टापु हटाउन थालेको थियो।
मंगलबार गाईघाटस्थित फेवातालमा थुप्रिएर रहेको फोहोरजन्य पदार्थ, गेग्रयान र माटो झिक्ने काम सुरु भएको हो। घरबाट निस्कने फोहोरसमेत तालमा मिसिंदै फिर्के खोलामा मिसिइदा गाईघाट क्षेत्र दुगन्धित समेत भएको छ।
सर्वोच्च अदालतले ताल संरक्षणका लागि गरेको फैसला कार्यान्वयन गर्न अभियान थालेको महानगरले बताएको छ। सर्वोच्चको फैसलामा महानगरलाई जलाधार क्षेत्रको संरक्षण गर्न भनिएको छ।
फोहोरमा आहारा खोज्दै चरा