माथिल्लो डोल्पाका वृद्धवृद्धालाई ब्लाङकेट

माथिल्लो डोल्पाका वृद्धवृद्धालाई  ब्लाङकेट

दुनै,डोल्पा : माथिल्लो डोल्पाको धो उपत्यकामा राहत वितरण गरिएको छ। जिल्ला विपत व्यवस्थापन कोषबाट धो उपत्यकाका १० जना जेष्ठ नागरिकलाई ब्लाङकेट वितरण गरिएको हो। हिमाली जिल्लामा हिमपातको क्षेत्रमा पूर्व तयारी कार्यक्रम अनुसार मंगलबार डोल्पो बुद्ध गाउँपालिकाको धो बस्तीमा राहातस्वरुप १० वटा ब्लाङकेट वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। 

गृह मन्त्रालयबाट जिल्ला विपत व्यवस्थापनका लागि ५ लाख रुपैयाँ आएको र यति बेला हिमपात पछि माथिल्लो डोल्पाको जनजीवन निकै कष्ठकर रहेकाले पहिलो पटक डोल्पो बुद्ध गाउँपालिकाको १,२ र ३ वडाका १० जनालाई चिसोबाट जोगाउन ब्लाङकेट हस्तान्त्रण गरेको प्रजिअ थापाले जानकारी दिए। 

पहिलो पटक हिमपातको बेलामा सरकारका प्रतिनिधिनै घरमा पुगेर ब्लाङकेट हातमा थमाउँदा ८५ वर्षीय ठिन्ले लामा खुसी भए। उनले भने,' सरकारको जय होस् यो दिन कहिले भुल्ने छैन। 

निरन्तर परेको भारि हिमपातपछि माथिल्लो डोल्पाको जनजीवन निकै कष्टकर भइरहेको अवस्थामा राहात वितरण गरिएको हो। डोल्पो बुद्ध गाउँपालिकामा लागुऔषध विरुद्धको कार्यक्रम गरी धावातेन्जीन गुरुङको अध्यक्षतामा लागुऔषध विरुद्धको स्थानीय जनजागरण समिति गठन गरिएको प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.