खेलमैदानमा आफ्नै देशले हारेकाे फाेटाे रुँदै खिचिरहने यी भावुक फोटोग्राफर..(फाेटाे फिचर)

खेलमैदानमा आफ्नै देशले हारेकाे फाेटाे रुँदै खिचिरहने यी भावुक फोटोग्राफर..(फाेटाे फिचर)

काठमाडौं : आफ्नो देशको टिमले अन्य देशसँग खेलिरहँदा महसुस हुन्छ मान्छेको राष्ट्रिय भावना । यूएईमा नेपाली क्रिकेट टिमले शानदार तरिकाले जितेसँगै यसको अनुभव धेरै नेपालीलाई भयो ।

यही परिस्थितिलाई अर्को पाटोबाट हेरौँ न, जस्तो कि, हार्ने देशका नागरिक र खेलप्रेमीलाई कस्तो भयो होला ? त्यस्तै पराजयको प्रतिबिम्व एकजना फोटोग्राफरको अनुहारमा प्रष्ट देखिएको छ ।

एएफसी एसियन कप अन्तरगत प्रतिस्पर्धा गरिरहेको इराकको खेल फोटोमा कैद गरिरहेका थिए फोटोग्राफर मोहम्मद अल अजवीले । जब इराकले खेल हार्दै गर्यो, इराकी फोटोग्राफर मोहम्मद रुन थाले ।

तै पनि फोटो खिच्न भने छोडेनन् । उनै फोटोग्राफरले रुँदै फोटो खिच्दै गरेको अवस्थाको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भएको छ । तस्बिरमा मोहम्मद आँखाबाट आँसु चुहाउँदै खेलको फोटो खिचिरहेका छन् ।

यसले उनको देशप्रेम र पेशाप्रतिको लगाव प्रकट गरेको छ । मोहम्मदले आफ्नो पेशा र देशप्रेमको भाव एकैपटक दर्शाएको भन्दै धेरैले उनको प्रशंसा पनि गरेका छन् । कतिले त उनका यी तस्बिर 'अति सुन्दर तर दुखदायी', 'मुटु हल्लाउने' जस्ता टिप्पणी गर्दै प्रशंसा गरे ।

एएफसी एसिया कप अन्तरगत कतारसँगको खेलमा इराकले १–० ले हार व्यहोरेको थियो । तर मोहम्मदको यस्तो अद्धितीय तस्बिर सार्वजनिक भएपछि भने उनलाई कतारकै खेलप्रेमीले समेत ढाडस् दिएका छन् । फेसबुक पेज ट्राेल फुटबल, फुटबल ट्वीट लगायतका साइटले यी तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा भाइरल बनेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.