‘प्रदेश २ : नाम ‘मिथिला-भोजपुरा, भाषा-मैथिली’

‘प्रदेश २ : नाम ‘मिथिला-भोजपुरा, भाषा-मैथिली’

जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रदेश २ को नाम मिथिला—भोजपुरा राख्नु पर्ने बताएका छन्। सहिद दुर्गानन्द झाको ५५ औं स्मृति सभालाई जनकपुरमा सम्बोधन गर्दै निधिले यस्तो बताएका हुन्।

‘कोसीदेखि नारायणीसम्मको भु—भाग मिथिला हो। रौत्तहट, बारा, पर्सामा भोजपुरी बोलिन्छ,’ उनले भने, ‘यी दुवैलाई मध्य नजर गरेर प्रदेश २ को नाम मिथिला—भोजपुरा राखिनु पर्छ।’ प्रदेशको भाषा मैथिली राख्नु पर्ने उनको भनाइ छ। 

पहिलो मैथिली र दोस्रो भोजपुरी भाषा राख्नु पर्ने नेपाली कांग्रेसको धारण रहेको उनले उल्लेख गरे। प्रदेश सरकार गठन भएको एक बर्ष बित्न लाग्दा पनि नाम, भाषाको टुङ्गो लागेको छैन।

त्यस्तै अर्को प्रसंगमा निधिले वर्तमान सरकार गणतन्त्र, संघीयता, संविधान र संसद् विरोधी रहेको आरोप लगाएका छन्। उनले संसदीय परम्परा र मर्यादालाई नाघेर सरकार जनविरोधी कदम चालिरहेकोमा आक्रोस व्यक्त गरे।

‘ओली उखान टुक्कामा जनता ठगेर राखेका छन्,’ उनले भने, ‘एक नम्बरको मधेस विरोधी, गणतन्त्रण, संघीयता, संसद् विरोधी छ।’

डा. गोविन्द केसीसँग गरिएको सम्झौता सरकारले पूरा गर्नु पर्ने माग उनले अघि सार्दै थपे, ‘सम्झौता विपरित तोडमोड गरेर जबर्जसस्ती पारित गर्‍यो।’

ओली सरकारलाई संघीयता र संसदीय व्यवस्थामा विश्वास नरहेको उपसभापति निधीले प्रश्न उठाए। 

‘सत्तामा आउन हैकमवादीले चुनाव लडे। अहिले जनताको आँखामा धुलझोकिरहेको छ,’ उनले भने, ‘मलाई लाग्छ यिनी कम्युनिस्ट पनि छैन।’

सरकारले जनकपुर चुरोट उद्योग विदेशीलाई बिक्री गर्ने दाउमा रहेको उनले आरोप लगाए।

‘ओली सरकार जनकपुरको चुरोट कारखाना कमिसनको लोभमा बिक्री गर्न खोजिरहेको मेरो ठहर छ,’ उनले भने, ‘चुरोट कारखाना सिडियोमार्फत् संघीय सरकारले प्रदेश सरकारलाई दिइसकेको छ।’ 

चुरोट कारखाना चल्ने अवस्थामै नरहेको भन्दै उनले भने, ‘प्रदेश सरकारलाई भगाएर चुरोट कारखाना चलाए कडा आन्दोलन गर्छौ।’

संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आइतबार चुरोट कारखानामा पत्रकार सम्मेलन गरेर उद्योग चलाउने तयारी भइरहेको बताएका थिए। सरकार कमिसन र भ्रष्टाचारमा लिप्त भएको निधिले दाबी गरे।

सम्राष्ट सहिद दुर्गानन्द झाको मूर्तिलाई काठमाडौं सहिद गेटमा राख्न सरकारसँग माग गरे। ‘हुलाकी राजमार्गलाई सहिद दुर्गानन्द  मध्य तराई लोकमार्ग नामकरण गरिनुपर्छ,’ उनले भने।

 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.