सुत्केरीले पाएनन् भत्ता

सुत्केरीले पाएनन् भत्ता

बैतडी : बैतडीको सिगास गाउँपालिकाका स्वास्थ्य सह–संयोजक जनकसिंह धामी समस्यामा छन्। गाउँपालिका मातहतका स्वास्थ्यचौकीका इन्चार्जले उनलाई बारम्बार एउटै प्रश्न सोध्छन्, ‘संयोजकज्यू सुत्केरी भत्ता कहिले आउँछ ? ’ उनको तयारी जवाफ हुन्छ, ‘विवरण सम्बन्धित निकायमा पठाएको छु। रकम निकासा भएको छैन।’ साउन महिनायता सिगास गाउँपालिकाका स्वास्थ्य संस्थामा सुत्केरी हुने कसैले पनि भत्ता पाएका छैनन्।

यो समस्या सिगासको मात्रै होइन, जिल्लाका १० वटै स्थानीय तहको हो। सबै तहमा सुत्केरी भत्ता वितरण गरिएको छैन्। ‘हाम्रो गाउँपालिकामा सुत्केरी भत्ताका लागि १७ लाख आवश्यक थियो तर ७ लाख मात्रै निकासा भएको छ’, सिगासका स्वास्थ्य सह–संयोजक धामीले भने। सरकारले आमा सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थामा बच्चा जन्माउने बित्तिकै भत्ता दिने प्रावधान छ। ‘सरकारले बजेट भाषणमा सुत्केरी भत्ता दोब्बर हुने भनेर घोषणा ग¥यो, तर निकासा गर्दा थोरै रकम निकासा ग¥यो, यसले गर्दौ सुत्केरी भत्ता वितरणमा समस्या भएको छ’ डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले भने। उनले गाउँपालिकामा सुत्केरी भत्ताका लागि १८ लाख जति आवश्यक भएपनि साढे आठ लाख मात्रै निकासा भएको बताए।

पुरचौंडी नगरपालिकामा सुत्केरी भत्ताका लागि करीब ३४ लाख रुपैयाँ आवश्यक देखिएको छ। तर नगरपालिकाले ९ लाख मात्रै निकासा पाएको छ। ‘स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमाका लागि दुई हजार आठ सयका दरले भत्ता दिने नियम छ। तर बजेट अभावमा साउनदेखि रकम वितरण गर्न सकेका छैनौं’, पुरचौंडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले भने। जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र पाटन नगरपालिकाले पहिलो चौमासिकको सुत्केरी भत्ता वितरण गरे पनि पछिल्लो दुई महिनाको सुत्केरी भत्ता दिन सकेको छैन।

समयमै बजेट निकास नभएकाले सुत्केरी भत्ता वितरण गर्न नसकेको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले बताए। सुत्केरी भत्ता वितरण गर्न नपाउँदा धेरै गुनासो सुन्नु परेको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर शाहको भनाइ छ। ‘हामीले यताको सबै सुची पठाईसकेका छौं। रकम अपुग भएको जानकारी गराएका छौं,’ उनले भने।

समयमा सुत्केरी भत्ता दिन नसक्दा स्वास्थ्य संस्थामा बच्चा जन्माएका आमाले दिनुहँ जसो फोन गर्ने श्रीकोट स्वास्थ्यचौकीका इन्चार्ज बीरसिंह भाटले जानकारी दिए। सरकारले चार पटक गर्भजाँच गराएर र स्वास्थ्य संस्थामै सुत्केरी गराउने आमालाई एकमुष्ट दुई हजार आठसय रुपैयाँ दिने निर्णय गरेको छ। चालु आर्थिक बर्षको बजेटमा सरकारले सुत्केरी भत्ता दोब्बर बनाएको थियो। तर समयमै भत्ता वितरण नहुँदा समस्या भएको स्वास्थ्य संस्थाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.