चिसो बढेसँगै जुम्लामा दम र रुघाखोकीका बिरामी बढे

चिसो बढेसँगै जुम्लामा दम र रुघाखोकीका बिरामी बढे

जुम्ला : भारी हिमपातसँगै जुम्लामा बढेको अत्यधिक चिसोका कारण बिरामीको संख्या ह्वात्तै बढेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अनुसार दैनिक सय जना बढी बिरामी आउने गरेका छन्। चिसोका कारण दम, रुघाखोकी, झाडापखाला र पेट दुख्ने लगायतका बिरामी बढेका हुन्।

चिसोले बिरामीलाई झन् सकस बनाएको छ। चिसो तथा अन्य समस्याका कारण बिरामीको संख्या बढेपछि उपचार सेवालाई  व्यवस्थित बनाएको छ। प्रतिष्ठानमा भर्ना भएका चिसो तथा अन्य रोगका बिरामीहरु जुम्ला, मुगु र कालिकोटका बढी छन्। 

चार दिनको लगातार भारी हिमपातसँगै अत्यधिक बढेको चिसोले जनजीवन कष्टकर बन्नुका साथै हवाई उडान समेत हुन सकेको छैन। यतिखेर कुनै बिरामी जिल्ला बाहिर लैजानु परेमा यातायातको सुविधा नै छैन। 

चिसोले कालिकोट र मुगुबाट गाडीमा आउने बिरामीलाई निकै सकस भइरहेको छ। भने डोल्पा र हुम्लाबाट हवाई सेवाबाट जुम्ला आउने बिरामी उतै रोकिएका छन्। प्रतिष्ठानका डा. सुर्यमान लिम्बूले अन्य समयको तुलनामा यतिखेर चिसोका बिरामी बढिरहेका छन्। चिसोले विशेषगरी वृद्धवृद्धा, बालबालिका र गर्भवती समस्यामा छन्।

उनका अनुसार प्रतिष्ठानमा आइसीयुसहित भेन्टिलेटर र अक्सिजन प्लान्टको व्यवस्था भएकाले सिटि स्क्यान गर्नुपर्ने बाहेक अरु बिरामी आएमा  रेफर गर्नुपर्ने स्थिति छैन। प्रतिष्ठानको आइसीयुमा हाल भीरबाट लडेर गम्भीर घाइते भएका तातोपानी ७ का बालक रोशन कुँवर र ब्रेनस्टोकका बिरामी धन बहादुर रावललाई राखिएको छ। भने अन्य सयौं बिरामी विशेष तथा सामान्य वाडमा भर्ना भई उपचारत छन्। 

आर्थिक वर्ष ०७४र७५ मा मात्रै ४५ हजार बिरामीले उपचार सेवा लिएका थिए। प्रतिष्ठानको स्तोरउन्नोतिसँगै जिल्लाभित्र र बाहिरका बिरामीको चाप बढ्दै गएको रजिस्टार विश्वराज काफ्लेले बताए। उनले भने, 'अब डाक्टर र औषधि नपाएर कर्णालीबासीले मर्नुपर्ने स्थिति छैन, हामीसँग उपकरण र विषशेज्ञ चिकित्सकसहित ४० बढी डाक्टर छन्।'
 
प्रतिठानले आफ्नो सेवा विस्तार र कर्णालीका स्वास्थ्यकर्मीको क्षमता विकास गर्न कालिकोट, मुगु लगायत कर्णालीका जिल्ला अस्पतालमा गएर उपचार पद्धतिबारे स्वास्थ्यकर्मीलाई आवाश्यक ज्ञान, सीप दिने गरेको डा. सुर्यमान लिम्बूले बताए। बिरामी नरेन्द्र सुनारले गत वर्षको तुलनामा यो वर्ष प्रतिष्ठानले न्यानोका लागि आवाश्यक कम्बलको व्यवस्थापन गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.