दोस्रो दिन पनि कञ्चनपुर बन्द, जनजीवन प्रभावित

दोस्रो दिन पनि कञ्चनपुर बन्द, जनजीवन प्रभावित

महेन्द्रनगर : महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जमिनमा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउनुपर्ने माग राखेर आह्‍वान गरिएको कञ्चनपुर बन्द आज दोस्रो दिन पनि जारी छ। अवैध लिजविरुद्व चरणबद्व आन्दोलनमा उत्रिएका युवा विद्यार्थी संगठनहरुले मंगलबारदेखि अनिश्चितकालिन कञ्चनपुर बन्द गरेका हुन्। बन्दका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ। 

महेन्द्रनगरको बजार व्यवसाय बुधबार पनि पूर्ण रुपमा बन्द छन्। स्कुल, कलेजलगायत यातायात सेवा सञ्चालन भएको छैन। दुईदिनदेखि यातायात सेवा बन्द हुँदा सर्वसाधारण र यात्रुहरु महेन्द्रनगरमै अलपत्र छन्।

 

मंगलबार केही संरचनामा डोजर लगाएपनि आन्दोलनरत युवा विद्यार्थीहरुले आन्दोलन जारी राखेका छन्। ‘डोजर लगाएर संरचना भत्काउने कामको सुरुवात गर्नु राम्रो हो, तर आन्दोलनरत पक्षसँग कुनै समन्वय गरिएन’ युवा संघका केन्द्रिय सदस्य रामचन्द्र रेग्मीले भने,‘ योजनाबद्व रुपले भत्काउनुपर्ने भएपनि हामीसँग सल्लाह नै गरिएन।’ उनले सबै अवैध संरचना पूर्ण रुपमा भत्काउने लिखित प्रतिबद्वता नआएसम्म आन्दोलन नरोकिने बताए।

आन्दोलनरत युवा विद्यार्थी बजार बन्द गराउँदै हिडेपछि स्थानीय प्रशासनले बजार र राजमार्ग क्षेत्रमा ठूलो  संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरेको छ। 

उता मंगलबार ठूला संरचनामा डोजर नचलाई आफूहरुको संरचनामा मात्रै डोजर चलाएको भन्दै खोका छाप्रा उद्वार समितिमा आबद्वले विरोध जनाएका छन्। उनीहरुले बजारमा टायर बालेर सरकार र आन्दोलनरत युवा विद्यार्थीहरुका विरुद्व नाराबाजी गरिरहेका छन्। ‘यो आन्दोलन सार्वजनिक सम्पत्तिको रक्षा गर्न सुरु गरिएको हो, पूर्ण रुपमा अवैध संरचना नभत्किएसम्म रोकिने छैन्’अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष ओम बस्नेतले भने,‘ मंगलबार हचुवाका भरमा डोजर चलाएर आन्दोलनलाई असफल बनाउने काम भएको छ।’

नगर विकास समितिको स्वामित्वमा रहेको जमिनको अवैध लिज खारेजी, मापदण्ड विपरित निर्माण गरिएका संरचना भत्काउनुपर्ने, कानुनी प्रक्रिया नपुर्‍याई आफुखुसी जग्गा लिजमा दिने नगर विकास समितिका पदाधिकारी र कर्मचारीलाई कारबाही र सार्वजनिक जमिनमा भइरहेको अतिक्रमण रोक्नुपर्ने आन्दोलनरत युवा विद्यार्थीहरुको माग छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.