विद्युत् प्राधिकरणका उपप्रबन्धकसँग सवा २ करोड 'अकुत' सम्पत्ति !

विद्युत् प्राधिकरणका उपप्रबन्धकसँग सवा २ करोड 'अकुत' सम्पत्ति !

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका एकजना उपप्रबन्धकविरुद्ध पनि 'अकुत' मुद्दा चलाउने निर्णय गरेको छ । 

त्रिभुवन विमानस्थल भन्सारका नायव सुब्बा श्यामकृष्ण श्रेष्ठविरुद्ध १४ करोडको 'अकुत' मुद्दा चलाएको भोलिपल्ट अख्तियार प्राधिकरणका उपप्रबन्धक विजयकुमार चौधरीविरुद्ध पनि अकुत मुद्दा चलाउने निर्णय गरेको हो । 

प्राधिकरणको केन्द्रीय कार्यालयमा कार्यरत चौधरी उनकी पत्नी प्रियंका चौधरी र छोरा कणाल चौधरीलाई पनि प्रतिवादी बनाएको मुद्दामा अख्तियारले २ करोड १४ लाख ५८ हजार ८ सय ३४ रुपैयाँ १४ पैसा बराबरको सम्पत्तिको श्रोत नखुलेको दाबी गरेको छ । 

महोत्तरीका स्थायी बासिन्दा चौधरीविरुद्धको अकुक मुद्दा सकेसम्म आजै विशेष अदालतमा दर्ता गराइने जानकारी अख्तियार उच्च श्रोतले दिएको छ । चौधरीले आर्जन गरेको गैरकानुनी सम्पत्ति पत्नी प्रियंका र छोरला कणालले पनि लुकाउन मतियारको भूमिका खेलेको अभियोग अख्तियारले लगाएको छ । 

उनीहरुविरुद्ध भ्रष्टाचार नियन्त्रण ऐनको दफा २० (२) अनुरुप मुद्दा चलाइने छ । अख्तियारले अभियोगपत्रमा गैरकानुनी सम्पत्ति असुलउपर र त्यति नै रकम जरिवाना अुसल्न पनि माग गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.