प्रदेश सरकारसँग समन्वय गर्न मुख्यमन्त्रीको दिर्नेशन
हेटौंडा : ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारसँग समन्वय गरेर मात्र काम गर्न स्थानीय तहका प्रमुख, उपप्रमुखलाई निर्देशन दिएका छन्। बुधबार हेटौंडामा राष्ट्रिय योजना आयोगल गरेको कार्यक्रममा उनले समन्वय नगरी काम गर्दा परिणाम नदेखिने बताएका हुन्।
प्रत्येक स्थानीय तहलाई आफूले गरेको काम र योजनाबारे प्रदेशमा जानकारी गराउन भनेपनि धेरै स्थानीय तहले अटेरी गरिरहेको भन्दै मुख्यमन्त्री पौडेलले अटेरी नगर्न आग्रह गरेका हुन्। 'समन्वयको अभावमा प्रदेश,संघ र स्थानीय तहले एउटै योजनमा समेत बजेट हालिरहेको पाइएको छ,' उनले भने, 'यसरी विकास हुँदैन, एक अर्कासँग समन्वय हुनुपर्छ।'
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष खिमलाल देवकोटालगायत प्रदेश तीनका विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुखको सहभागिता थियो।