मुगुमा बिपन्नलाई न्यानो कपडा
मुगु : जिल्ल्लाभर भारी हिमपातले अत्याधिक चिसो बढेपछि चिसोबाट बच्न भन्दै न्यानो कम्बल र तन्ना बितरण गरिएको छ ।
गृह मन्त्रालय केन्द्रीय दैवीप्रकोप व्यवस्थापन शाखाको आर्थिक सहयोगमा जिल्लाका ८४ जना बिपन्न, असहाय, अपाङ्ग र बृद्धहरुलाई न्यानो कम्बल र तन्ना बितरण गरिएको हो ।
जिल्लाका उच्च हिमाली क्षेत्र लगायत अन्य बस्तीमा तीनपटक हिमपात भएको थियो । अहिले यहाँको तापक्रम माईनस १ डिग्री सेल्सियसमा झरेको छ ।
अत्याधिक चिसो बढेपछि पहिलो पटक छाँयानाथ रारा नगरपालिका र मुगुुम कार्मारोङ गाँउपालिकाका ८४ जना असहाय, अपाङ्ग, र बृद्धलाई प्रति व्यक्ति पाँच हजार बराबरका न्यानो छेक्ने कम्बल, तन्ना बितरण गरिएको प्रमुख जिल्ला अधिकारी उमा कान्त अधिकारीले जानकारी दिएका छन् ।