केही वर्षमै देशको परिचय फेरिन्छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र मुलुकको परिचय परिवर्तन हुने बताएका छन्। भरतपुरमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा तथा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री ओलीले केही वर्षमै देशको परिचय फेरिने बताएका हुन्।
'गरिब नेपाल, गरिब नेपाल रहँदैन।बाटा भत्किएको नेपाल त्यो रहँदैन।यत्ति सानो नेपाल चिटिक्क पार्न सकिने बताउँदै ओलीले भने,' अलिकति रिङरोड बनिसक्यो। अब अलिकति बनाउँदा धूलो हुन्छ। गाली पनि खाइन्छ तर बनिसकेपछि गाली खान छोडिन्छ।'
मेलम्चीको पानी ल्याएरै छोड्ने उनको भनाइ छ। 'पानी ल्याएरै छोड्छौँ। पानी ल्याउँदा फेरि पाइप फुटेर हिलो हुन्छ। थोरै गाली खान्छौँ। निर्माण कार्यको समयमा अलिकति असुविधा हुन्छ। तर असुविधा नभइकन सुविधा हुँदैन।'
उनले जीपी कोइराला स्वासप्रश्वास केन्द्र बनाउनेबारे कांग्रेससँग छलफल गर्न चाहेको बताए।' स्वासप्रश्वास केन्द्रलाई यथास्थितिमा नराखेर राम्रो बनाउने भने।अगाडि बढाउन खोज्दा कांग्रेसले यथास्थितिमा राख्नु भन्यो। मैले निवेदन गर्दागर्दा कांग्रेसले मानेन्।असमझदारी यस्ता कुरामै छ।'
'असमझदारी राख्नुपर्ने केही कारण छैन। हामीलाई अस्पताल चाहिएको छ।कलेज चाहिएको छ।अनुसन्धान केन्द्र तालिम केन्द्र चाहिएको छ।मान्छेलाई दक्ष बनाउनु छ,' उनले भने,' जसबाट देशमा रोजगारीको सिर्जना गर्नुपर्छ।हाम्रो जनशक्ति बाहिर जानु नपरोस्।'
'युवाले देशमा केही गर्न सकून।यसकै आधारमा हामी अगाडि बढेका छौँ। सत्य बोल्ने आँट गर्ने कि नगर्ने? साँचोलाई साँचो भन्ने कि नभन्ने भन्ने प्रश्न हो। हामीले नेपाललाई नयाँ ढंगले विकासको गतिमा अगाडि बढाउनुपर्छ,' ओलीले भने।
'रंगशाला उद्घाटन गरेमात्र काफी हुँदैन, रंगशाला निर्माण हुनु राम्रो काम हो। उनले भने,' यसलाई समयमै सफल पार्न सहयोग गरौँ। आफ्नोतर्फबाट फाउन्डेसनलाई सक्दो सहयोग गर्ने उनको बताए ।