वन अतिक्रमण गरी ग्योरेज बनाइँदै

वन अतिक्रमण गरी ग्योरेज बनाइँदै

डडेल्धुरा : डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाले वन अतिक्रमण गरेर गाडी मर्मतका लागि ग्यारेज बनाउने कार्य थालेको छ। छरिएर रहेका ग्यारेज एकै स्थानमा बनाउन अमरगढी नगरपालिकाले वन अतिक्रमण गरेको हो। 

अमरगढी नगरपलिका वडा नम्बर १ को ढुनढुनेमा रहेको वनको जग्गा अतिक्रमण गरी ग्यारेज व्यवस्थापन गर्न लागेको अमरगढी नगरपालिकाले जनाएको छ। ग्यारेज व्यवस्थापनका लागि १० लाख रकम विनियोजन गरिएको नगरपालिकाले बताएको छ।

जिल्ला वन कार्यलयले आफूहरुसँग कुनै छलफल नै नगरी अमरगढी नगरपालिकाले एकलौटी रुपमा जमिन अतिक्रमण गरेको भन्दै रोक्नका लागि अनुरोध गरेको छ। वनले काम रोक्न आदेश दिनुपूर्व नै नगरपालिकाले वन काट्ने काम सकिएको जनाएको छ।  

वनको जमिन अधिग्रहण गर्न मन्त्रिपरिषद्को निर्णय चाहिने भए पनि अमरगढी नगरपालिकाले आफूखुसी गरेको वन अधिकृत बोधराज सुवेदीले बताए। ‘हामी विकासका बाधक होइनाँै, वन अधिकृत सुवेदीले भने, ‘स्थानीय तहले आफ्नो मातहतमा भएको जमिन उपभोग गर्न पाउने अधिकार पनि छ। तर कानुन बनि नसकेकाले पुरानै कानुनलाई टेक्नु पर्ने हुन्छ।’ 

‘विकास, बजार व्यवस्थापन नगरपालिका, गाउँपालिकाले गर्लान्। त्यो ठिक छ’, सुवेदीले भने, ‘काुनन नबनिसकेकाले मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्छ। अमरगढी नगरपालिकाले थालेको मैदान खोदाइको काम हामीले रोक्न भनेका हौं।’

काम सकिएपछि वनले रोक्नु पर्ने भनी पत्र पठाएको छ। हामी कानुनी रुपमा गएका छौँ। समयमै काम सक्न बजेट अनुसार काम गरेको नगर प्रमुखले बताए। कानुनलाई पर्खिरहे विकासका काममा बाधा पुग्ने नगर प्रमुख ओझाको भनाइ छ।  

ग्यारेज बनाउन लागेको जमिनकै छेउमा भूमिराज आधारभूत विद्यालय छ। दुई दशक अगाडि दाउरा बेचेर २०५६ सालमा विद्यालय स्थापना गरेको स्थानीय प्रेम ऐर बताउँछन्। स्थानीयसँग कुनै छलफल नगरी नगरपालिकाले विद्यालय भएको स्थानमा ग्यारेज निर्माण गर्न लागेको छ।   उनले भने, ‘विद्यालय शान्ति क्षेत्र भनिए पनि नगरपालिकाले अरु स्थान छोडेर पठनपाठनको माहोल बिगार्न विद्यालयसँगै जोडिने गरी ग्यारेज बनाउन लागेको स्थानीयको आरोप छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.