सरकारविरुद्ध कालिकोटमा नेविसंघको मसाल जुलुस (फोटो)
कालिकोट : नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले कालिकोटमा मसाल जुलुस निकालेको छ। जिल्ला सदरमुकाम मान्म बजारमा सरकार विरुद्ध नाराबाजी गर्दै बुधबार साँझ नेबिसंघले जुलुस निकालेको हो।
जबर्जस्ती पास गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर, भ्रष्टाचार र महंगी नियन्त्रण गर, निर्मलाका बललात्कारी र हत्यारालाई कारबाही गर, अधिनायकवाद लाद्न पाइँदैन लगायतका नारा लगाउँदै नेविसंघका नेता कार्यकर्ताले सदरमुकाम मान्म बजारमा प्रदर्शन गरेका हुन्।
मान्म बजारको प्रतिमा चोकदेखि सुरु भएको मसाल जुलुस जिरोपोइन्टमा पुगेर कोणसभामा परिणत भएको थियो।
फोटोहरूः