म्याराथनका प्रतिस्पर्धीले मोटरसाइकल चढेपछि.....

म्याराथनका प्रतिस्पर्धीले मोटरसाइकल चढेपछि.....

तनहुँ : यहाँको व्यास नगर अल्ट्रा म्याराथनका क्रममा बुधबार अनौठो घटना भयो । दोस्रो व्यास नगर अल्ट्रा म्याराथनका क्रममा एकजना सहभागी मोटरसाइकलमै चढेको भेटिएका हुन् । 

निर्धारित ४४ किलोमिटरको दूरी छिचोल्न अन्य धावकहरु दौडिरहेका बेला आयोजकले सुरुमा तेस्रो स्थान घोषित गरेका धावक रोजिन्द्र श्रेष्ठ मोटरसाइकलमा चढेको भेटिएका हुन् । 

श्रेष्ठले म्याराथनको नियम उल्लंघन गर्दै मोटरसाइकल चढेको पाइएपछि उनलाई आयोजकले निष्कासन गरेको हो । ३ घण्टा ४ मिनेटमा पुलिमराङ पुगेका भीमादका रोजिन्द्र श्रेष्ठले सबै चेक प्वाइन्ट पार नगरेको भेटिएपछि निस्कासन गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । 

रोजिन्द्रले एक सय मिटर दूरी मोटरसाइकलमा चढेको स्वीकारेपछि तेश्रो घोषित गरिसकेका  उनलाई आयोजकले निष्कासन गरेका हुन् । उनलाई निष्कासित गरेछि सुरुमा चौथो घोषित भूमिराज राईलाई तेश्रो घोषित गर्दै पुरस्कार दिइयो । उनले तीन घण्टा १४ मिनेटमा निर्धारित दुरी पुरा गरेका थिए । 

प्रतियोगितामा नेपाली सेनाका खगेन्द्रबहादुर भाट विजेता बनेका छन् । तनहुँको पर्यटकीय मानुङ डाँडाबाट दमौली, चापाघाट, कलेस्ती हुँदै पुलिमराङसम्मको निर्धारित ४४ किलोमिटरको दूरी भाटले सबैभन्दा पहिले २ घण्टा ५३ मिनेटमा पुरा गरेका हुन् । 

प्रतियोगितामा साविकका विजेता नेपाली सेनामै कार्यरत डोटीका नवराज साउदले दूरी ३ घण्टा २ मिनेटमा पार गरेर दोश्रो स्थान प्राप्त गरे । उनले गत वर्ष यो दूरी ३ घण्टा १३ मिनेटमा पार गरेका थिए । व्यक्तिगत स्कोर सुधार गरे पनि उनी प्रथम हुन सकेनन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.