पोखरा कपमा च्यासललाई पाखा लगाउँदै क्यामरुनको डफिन्स टिम विजयी

पोखरा कपमा च्यासललाई पाखा लगाउँदै क्यामरुनको डफिन्स टिम विजयी

पोखरा : पोखरामा जारी मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगितामा च्यासल युथ क्लबविरुद्ध कठिन जित निकाल्दै क्यामरुनको डफिन्स टिम फेमेली विजयी भएको छ। पोखरा रंगशालामा बुधवार भएको खेलमा डफिन्स टिमले च्यासल युथ क्लललाई १–० को जित निकाल्दै अन्तिम ८ मा स्थान बनाएको हो।

क्यामरुनका लागि यानिकले खेलको १० मिनेटमा गरेको गोल नै जितका लागि निर्णयक गोल बन्यो। क्यामरुनका इकोनले करिब २१ याडबाट हानेको फ्रिकिक बललाई सदुपयोग गर्दै यानिकले डिएरियाबाट हेड गर्दै विपक्षी गोलकिपरलाई जिल्याउदै बललाई जाली चुमाएका थिए।

इटहरीमा भइरहेको मदन मेमोरियल गोल्डकप र खप्तड गोल्डकप दुई प्रतियोगितामा पहिलो खेलमै हार बेहोरेको क्यामरुनको डफिन्स टिम फेमेलीले पोखरा कपमा पहिलो जित निकालेको हो।

प्रतिस्पर्धात्मक खेलमा राजुकाजी शाक्यको कोचमा मैदान उत्रेका च्यासलले पाएको राम्रो केही अवसरहरु खेर फालेको थियो। खेलको २४ मिनेमा बराबरी गोल फाकाउने अवसरलाई च्यासलका खेलाडीले सदुपयोग गर्न सकेनन्। च्यासलका विदेशी खेलाडी इभिल्सले प्रहार गरेको बल बिपक्षी गोलरक्षकले पञ्च गरेर बचाएका थिए।

यसै गरी खेलको ३५ मिनेटमा वान भर्सेस वानमा भिक्टोरले प्रहार गरेको बल क्यारुनका खेलाडीले गोललाइनबाट बचाएका थिए।

पोखरामा जारी मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा बलका लागि भिड्दै च्यासल युथ क्लब र क्यामरुनको डफिन्स टिम फेमेलीका खेलाडी। फोटोः कृष्णमणि बराल/अन्नपूर्ण


प्रतियोगितामा क्यारुनले पनि केही गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन। खेलको २२ मिनेमा अरमेलको प्रहार च्यासलका खेलाडीले क्लियर गरेक थिए। यसै गरी खेलको ५४ मिनेटमा पेटेङले प्रहार गरेको कडा बल च्यासलका गोलरक्षकले बचाएका थिए।

खेलको दोस्रो हाफको थपिएको समयमा पनि अन्तिम मिनेमा क्यामरुनका इकोबेनले डिबक्सभित्र किपरसंग वान टु वानको अवस्थामा पनि गोल गर्न चुकेका थिए। खेलमा क्यामरुनका गोलरक्षक प्रिसो म्यान अफ दि म्याच घोषित भए।

खेलपछि प्रतिक्रिया दिदै विजयी टिम क्यारुनको डफिन्स टिमका कोअर्डिनेटर आशिक थापामगरले मुस्किलले जित निकाल्न सफल भएको बताए। दोस्रो खेलका लागि ३ स्ट्राइकर आउँदै गरेकोले खेलमा सुधार आउने उनले विश्वास गरे।

मनकामना पोखरा कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबारको खेल इटहरीमा भइरहेको मदन मेमोरियल गोल्डकपका लागि खेलाडी व्यस्त रहेकोले स्थगित भएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए। आयोजक पोखरा ११ सँग खेल्ने ब्रिगेड ब्वाइज क्लब मदन मेमोरियल गोल्ड कपका लागि बस्नु पर्ने भएकोले खेल शुक्रबारका लागि सारिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.