मदन भण्डारी स्मृति इटहरी गोल्डकप : आर्मी उपाधि नजिक

मदन भण्डारी स्मृति इटहरी गोल्डकप : आर्मी उपाधि नजिक

इटहरी : मेची नेत्रालय केएफटीसी झापालाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सुनसरीको इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा झापालाई ४–१ गोलले पराजित गर्दै विभागीय टोली आर्मी उपाधि नजिक पुगेको हो।

खेल सुरु भएको १०औं मिनेटमा आत्मघाती गोलमार्फत आर्मीले अग्रता बनाएको थियो। ओलु सोलाले आफ्नै गोलरक्षकलाई दिएको पासले जाली चुमेको थियो। राष्ट्रिय खेलाडीले भरिएको आर्मी क्लबसामु झापाका खेलाडीले प्रभावशाली खेल पस्किन सकेनन्। आत्मघाती गोलसँगै मनोबल गुमाएको झापाविरुद्ध ४६औं मिनेटमा सन्तोष तामाङ र ५९औं मिनेटमा विवेक बस्नेतले गोल गर्दै आर्मीलाई अगाडि बढाएका थिए।

आर्मीका खेलाडी चम्कँदा लगातार तीन गोल खाएको झापाले गोल गर्ने अवसर नै सर्जना गर्न सकेन। खेलको ६०औं मिनेटमा खमिर गिल्सन कन्दङ्वाले झापाका लागि एक मात्र सान्त्वना गोल फर्काएका थिए। निर्धारित समय सम्ममा ३–१ ले अघि बढेको आर्मीले अतिरिक्त समयमा पाएको मौकालाई सदुपयोग गर्दै अर्को गोल गरेको थियो। आर्मीका कप्तान भरत खवासले गोल गर्दै टोलीलाई ४–१ को जित दिलाएका थिए।

खेलको म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए। बिहीबार मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबबीच खेल हुनेछ।

डफिन्स क्वार्टरफाइनलमा
पोखरामा जारी मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगितामा च्यासल युथ क्लबमाथि कठिन जित निकाल्दै क्यामरुनको डफिन्स टिम क्वार्टरफाइनलमा पुगेको छ। पोेखरा रंगशालामा बुधबार भएको खेलमा डफिन्सले च्यासल युथ क्लबलाई १–० गोलले पराजित गर्यो।

क्यामरुनका लागि यानिकले खेलको १०औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो। क्यामरुनका इकोनले करिव २१ याडबाट हानेको फ्रिकिक बललाई सदुपयोग गर्दै यानिकले डी एरियाबाट हेड गोल गरेका थिए।

बलका लागि भिड्दै च्यासल युथ र क्यामरुनको डफिन्सका खेलाडी। तस्बिर : कृष्णमणि बराल

प्रतिस्पर्धात्मक खेलमा च्यासलले पाएको राम्रा केही अवसर खेर फालेको थियो। खेलको २४औं मिनेटमा बराबरी गोल फर्काउने अवसरलाई च्यासलका खेलाडीले सदुपयोग गर्न सकेनन्। च्यासलका विदेशी खेलाडी इभिल्सले प्रहार गरेको बल बिपक्षी गोलरक्षकले पञ्च गरेर बचाएका थिए। यसैगरी खेलको ३५औं मिनेटमा वान भर्सेस वानमा भिक्टोरले प्रहार गरेको बल क्यारुनका खेलाडीले गोललाइनबाट बचाएका थिए।

प्रतियोगितामा क्यारुनले पनि केही गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन। खेलको २२औं मिनेटमा अरमेलको प्रहार च्यासलका खेलाडीले क्लियर गरेका थिए। खेलमा क्यामरुनका गोलरक्षक प्रिसो म्यान अफ दी म्याच घोषित भए।

खेलपछि प्रतिक्रिया दिँदै डफिन्सका प्रशिक्षक आशिक थापामगरले टोलीले संघर्षपूर्ण जित निकाल्न सफल भएको बताए। दोस्रो खेलका लागि तीन स्ट्राइकर आउन लागेकाले खेलमा सुधार आउने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.