उपाधि होडबाट बाहिरियो रोनाल्डोको युभेन्ट्स

उपाधि होडबाट बाहिरियो रोनाल्डोको युभेन्ट्स

रोम : साविक विजेता युभेन्ट्स इटालियन कप फुटबलको क्वार्टरफाइनलमै पराजित भएको छ। एटलान्टाले बिहीबार बिहान घरेलु मैदानमा खेलिएको क्वार्टरफाइनल खेलमा बलियो युभेन्ट्सलाई ३-० गोलको फराकिलो अन्तरले हरायो।

जारी सिजनको घरेलु लिग इटालियन सिरिएमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधितर्फ लम्किरहेको युभेन्ट्स इटालियन कपमा भने एटलान्टासामु निरीह देखियो। पहिलो हाफमै दुई गोल गरेको एटलान्टाले दोस्रो हाफमा पनि एक गोल थपेको थियो।

खेल सुरु भएको ३७ औं मिनेटमा टिमोथी कास्टाग्नेले एटलान्टाका लागि पहिलो गोल गरे। त्यसको दुई मिनेटपछि नै डुभान जापटाले एटलान्टाको अग्रता दोब्बर बनाएका थिए। निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि कोलम्बियन स्ट्राइकर जापटाले नै टोलीका लागि तेस्रो गोल पनि गरे।

जापटाले पछिल्ला १० खेलमा एटलान्टाका लागि १७ गोल गरिसकेका छन्। एटलान्टाले अब इटालियन कपको सेमिफाइनलमा फियोरेन्टिनाको सामना गर्नेछ। फियोरेन्टिना भने बिहीबार बिहान खेलिएको क्वार्टरफाइनल खेलमा एएस रोमालाई ७-१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो।

एसी मिलान यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ। क्वार्टरफाइनलमा एसी मिलानले नापोलीलाई २-० गोलले हराएको थियो। शुक्रबार बिहान हुने इन्टर मिलान र लाजियोबीचको विजेतासँग एसी मिलानले सेमिफाइनल खेल्ने छ।

युभेन्ट्सले सन् २०१५ यता लगातार चारपटक इटालियन कपको उपाधि जित्दै आएको थियो। युभेन्ट्सलाई यी चारवटै उपाधि प्रशिक्षक मासिमिलियानो एलेग्रीले दिलाएका थिए। युभेन्ट्सले हालसम्म सर्वाधिक १३ पटक इटालियन कपको उपाधि जितेको छ।

एटलान्टाविरुद्घ सुरुदेखि नै मैदानमा ओर्लिएका स्टार पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले पनि युभेन्ट्सका लागि कुनै चमत्कार गर्न सकेनन्। एटलान्टाविरुद्घको खेलमा रोनाल्डोसँगै अर्का अनुभवी खेलाडी पाउलो डिबाला पनि अग्रपँक्तिमा निरीह देखिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.