कञ्चनपुर बन्द फिर्ता, जनजीवन सामान्य

कञ्चनपुर बन्द फिर्ता, जनजीवन सामान्य

महेन्द्रनगर : महेन्द्रनगर नगर विकास समितिको अवैध लिज प्रकरणविरुद्ध सुरु भएको अनिश्चितकालिन कञ्चनपुर बन्द कार्यक्रम फिर्ता भएको छ । बन्द  फिर्ता भएसँगै बिहीबार बिहानैदेखि कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको जनजीवन सामान्य बनेको छ ।

दुईदिनदेखि बन्द बजार, व्यवसाय खुलेका छन् भने स्कुल र कलेजसमेत सञ्चालनमा आएका छन् । दुईदिन लगातार बन्द हुँदा सदरमुकाम महेन्द्रनगरको जनजीवन प्रभावित हुन पुगेको थियो । 

बिहानैदेखि यातायात सेवा सुचारु भएपछि दुईदिनदेखि महेन्द्रनगरमा अलपत्र यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । बुधबार साँझ आन्दोलनरत युवा विद्यार्थी र स्थानीय प्रशासनबीच सहमति भएपछि अनिश्चितकालिन आमहड्तालको कार्यक्रम फिर्ता भएको हो । करिब ५ घण्टासम्म प्रशासन कार्यालयमा चलेको सर्वपक्षिय वार्तामा आन्दोलनरत युवा, विद्यार्थी र प्रशासनबीच सहमति भएको थियो । वार्तामा प्रदेश सभा सदस्य, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी र संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख सुरेश वाग्लेसहितको सहभागिता रहेको थियो । 

बैठकमा सहभागी आन्दोलनरत युवा विद्यार्थी, स्थानीय प्रशासन, साँसद लगायतको टोली ।  तस्बिर : विष्णु प्रसाद देबकोटा

महेन्द्रनगर नगर विकासको स्वामित्वमा रहेको जग्गामा अवैध लिज, जग्गा बिक्री वितरण अवैध संरचना निर्माणलगायत गैह्रकानुनी काम कारबाही खारेजी गर्नुपर्ने, अनियमिततामा संलग्न सबैलाई कानुनी दायरामा ल्याई कारबाही गर्न शहरी विकास मन्त्रालयमार्फत नेपाल सरकार समक्ष अनुरोध गर्ने, तत्कालिन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेका जग्गामा अवैध लिज तथा विक्री वितरण लगायतका अनियमितता छानविनका लागि नेपाल सरकार शहरी विकास मन्त्रालय मन्त्रिपरिषद्‍को निर्णयअनुसार छानबिन समिति गठन भएकाले उक्त समितिलाई सहयोग गर्ने निर्णय भएको छ ।

 यस्तै कार्यादेशसहितको समितिलाई सहयोग गर्नका लागि जनजीवन सहज बनाउन अनिश्चितकालिन आमहड्तालको कार्यक्रम फिर्ता लिने निर्णय भएको थियो । छानबिन समितिले २३ गतेभित्र नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्ने र माघ मसान्तभित्र अवैध संरचना पूर्ण रुपमा भत्काउन आवश्यक निर्णय र निर्देशनका लागि शहरी विकास मन्त्रालयमार्फत नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय भएको छ । यता खोका छाप्रा व्यवसायीहरुले लामो समयदेखि व्यवस्थापनको माग गरी रहेकोले वास्तविक खोका छाप्रा व्यवसायीहरुको हकमा विगतमा भए निर्णय समेतका आधारमा उचित व्यवस्थापन गर्नसमेत शहरी विकास मन्त्रालयमार्फत नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय भएको छ ।

 महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेका जमिनमा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउनुपर्ने माग राखेर मंगलबारदेखि अनिश्चितकालिन कञ्चनपुर बन्द आह्वान गरिएको थियो । आमहड्तालको कार्यक्रम फिर्ता गरेपनि दबावमुलक आन्दोलनका कार्यक्रम जारी रहने युवा संघका केन्द्रिय सदस्य रामचन्द्र रेग्मीले बताए । उनले आन्दोलनको स्वरुप मात्रै परिवर्तन गरिएको बताए। आन्दोलनरत युवा विद्यार्थीहरुले आज बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.