रोकियो पानी उत्पादन

रोकियो पानी उत्पादन

बागलुङ : खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले धौलागिरिका चार पानी उत्पादक कम्पनीलाई बोतलको पानी उत्पादनमा रोक लगाएको छ। ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगर्ने बागलुङका दुई र पर्वतका दुई पानी उत्पादक उद्योगलाई तत्काल उत्पादन बन्द गर्न निर्देशन दिएको हो।

अनुगमनका क्रममा चारवटै पानी उत्पादनले नयाँ निर्देशिका बमोजिमको मापदण्ड पूरा नगरेको भेटिएपछि उत्पादन बन्द गर्न निर्देशन दिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेलले जानकारी दिए। निर्देशिका अनुसार बोतल पानी उत्पादनका लागि बोतलको बासिङ, फिलिङ र क्यापिङको काम स्वचालित मेसिनबाट गर्नुपर्छ। प्रशोधित पानीको गुणस्तर सुधार्न कृषि मन्त्रालयले पानी उद्योगमा असल उत्पादन अभ्यास (जीएमपी) सरहको मापदण्ड लागू गर्दै नयाँ निर्देशिका जारी गरेको हो।

कार्यालयले बागलुङको महालक्ष्मी मिनिरल वाटर एन्ड वेवरेजद्वारा उत्पादित कालिका पानी, कार्की मिनरल वाटर गल्कोटद्वारा उत्पादित ‘कार्की पिउने पानी, पर्वतको मुक्तिनाथ फुड एन्ड बेभरेज प्रालि र कर्मचार्य ब्रदर्स मिनरल वाटर एन्ड बेभरेज इन्डन्ट्रिजलाई बोतलको पानी उत्पादन नगर्न निर्देशन दिएको छ। ‘निर्देशिका अनुसार स्वचालित मेसिन नराख्ने उद्योगको बोतलको पानी उत्पादन गर्ने अनुज्ञापत्र नवीकरण हुँदैन’, निमित्त कार्यालय प्रमुख पौडेलले भने, ‘नियमानुसार अनुज्ञापत्र लिएर मात्र बजारमा पानी विक्री वितरण गर्न पाइन्छ।’

आर्थिक वर्ष सुरु भएको तीन महिनाभित्र अनुज्ञापत्र नवीकरण नभए वा नवीकरण प्रक्रियामा नगए पानी विक्रीमा रोक लगाउन सकिने व्यवस्था छ। निर्देशिकाबारे उद्योगीलाई जानकारी गराएर स्वचालित प्लान्टलगायत पूर्वाधार निर्माण गर्न सबै उद्योगीलाई सचेत गराइएको छ।

जिल्ला प्रशासन कार्यालय बागलुङले दुवै उद्योगका सञ्चालकलाई आगामी आइतबारसम्म सम्पूर्ण कागजातसहित कार्यालयमा उपस्थित हुन पत्र काटेको प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्तले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.