प्रदेश सरकारको बलजफ्ती

प्रदेश सरकारको बलजफ्ती

वीरगन्ज : वीरगन्ज महानगरको स्वामीत्वमा रहेको जग्गामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सहिद पार्क बनाउन शिलान्यास गरेका छन् । उनलाई भौतिक पुर्वधार विकासमन्त्री जितेन्द्र सोनलले साथ दिएका थिए । प्रदेश सरकारले स्थानीय सरकारको मातहतमा रहेको दश बिघा जग्गामा ७५ लाख लागतमा पार्क बनाउने जनाएको छ । महानगरको स्वीकृति विना बनाउने भनिएको पार्क घण्टाघर नजिक पर्छ ।

तत्कालीन वीरगन्ज उपमहानगरले २७ कात्तिक, २०६० मा यातायात संस्थानसँग दश करोड रुपैयाँ खर्च गरेर जग्गा खरिद गरेको थियो । प्रदेश सरकारले पार्क बनाउन लागेको जग्गामा महानगरपालिकाले संघीय सरकारको परियोजना सञ्चालन गर्ने योजना बनाएको थियो । एकसय २५ करोड लागतमा आधुनिक पार्क तथा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाउने तयारी गरेको थियो । ‘गुरु योजना बनाएर नक्सा तयार गरिसकेका थियौं’, वीरगन्ज महानगरका मेयर विजय सरावगीले भने, ‘प्रदेश सरकारले यही जग्गामा हाम्रो स्विकृती विना योजना सञ्चालन गर्न सुरु गर्‍यो ।’ स्थानीय सरकारको जग्गामा कसैको जबर्जस्ति सम्भव छैन ।’ उनले प्रदेश सरकारले पार्क बनाउन गरेको शिलान्यासलाई ‘हावादारी’ भनेका छन् ।

संघीय सरकारले योजना सञ्चालन गर्न १५ करोड बजेट विनियोजन गरिसकेको छ । तर, त्यही जग्गामा बुधबार प्रदेश सरकारले बल मिच्चाई गर्दै पार्क बनाउन शिलान्यास गरेको हो । महानगरको अधिनमा रहेको जग्गामा परियोजना कार्यान्वयन गर्न बोर्ड तथा नगरसभाबाट निर्णय गर्नुपर्ने हुन्छ । जग्गामा पार्क निर्माण गर्न स्वीकृति दिन असम्भव रहेकोभन्दै स्थानीय सरकारले प्रदेश सरकारले पत्र पठाएकै दिन जवाफ पठाएको थियो ।

मुख्यमन्त्री लालबाबु राउतले २०६४ सालमै तत्कालीन उपमहानगरको बोर्ड बैठकले उक्त जग्गामा मधेसी शहिदको पार्क निर्माण गर्ने निर्णय भएको दावी गरे । निर्णय कार्यान्वयन गर्न प्रदेश सरकारले कदम चालेको उनको भनाइ छ । ‘पार्क निर्माणमा अर्बौं रुपैयाँ लाग्छ । हामी लगानी गर्न तयार छौं’, मुख्यमन्त्री राउतले भने, ‘शहिद पार्क जसरी पनि बनाएरै छाड्छौं ।’ मधेस आन्दोलनको बलमा मुलकमा संघीयता, गणतन्त्र, समावेशीजस्ता राजनीतिक उपलब्धी प्राप्त भएकाले मधेसी शहिदको सम्मानमा पार्क बनाएरै छाड्ने उनले बताए ।

शहिद पार्क शिलन्याश कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद प्रदीप यादवले कसैले विरोध गर्दैमा सहिद पार्क निर्माण नरोकिने जिक्किर गरे । पार्क बनाए त्यहाँ रणभुमी बनाइदिने भन्ने विपक्षी दलको भनाइ रहेको आरोप लगाउँदै उनले आफुहरु मधेशी आन्दोलनबाट जन्मेकाले त्यस्ता कुतर्क नगर्न चेतावनी दिए । वीरगन्जका हरेक चोकमा पुर्वराजारजौटा र दलका नेताको मात्र शालिक रहेको भन्दै उनले अब हरेक चोकमा मधेसी शहिदका शालिक हुने दावी गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.