दोलखा र रामेछापमा बिहानैदेखि मोबाइल सेवा अवरुद्ध
दोलखा : नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा बिहीबार बिहानदेखि दोलखा र रामेछाप जिल्लाको अधिकांश भूभागमा अवरुद्ध भएको छ। टेलिकमको नमस्ते प्रिपेड र पोष्टपेड सेवा बिहीबार बिहानदेखि अवरुद्ध भएपछि दुई जिल्लाका स्थानीय मार्कामा परेका छन्।
नेपाल टेलिकम दोलखाका कार्यालय प्रमुख श्याममणी अर्यालका अनुसार बिहान करिब ७ बजेबाट मोबाइल सेवा अवरुद्ध भएको छ। काठमाडौं फुल्चोकी डाँडाबाट दोलखा र रामेछाप रिले हुनुपर्ने फ्रिक्वन्सीमा समस्या आएर मोबाइल अवरुद्ध भएको अर्यालले बताए।
बेलुकासम्म सञ्चालनमा आइसक्ने अर्यालले बताए। दुबै जिल्लाको पीएसटीएन सेवा भने सूचालु छ।