पहिलो बलमै नेपालले गुमायो विकेट
काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) ले टीट्वेन्टी शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाललाई दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो बलमै विकेट गुमाएको छ।
ओपनर ब्याट्सम्यान प्रदीप ऐरी पहिलो बलमै क्याच आउट भएका हुन्। शृङ्खलाको पहिलो खेलमा यूएईले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १५३ रन बनाएको हो।
नेपालका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल ब्याटिङ गरिरहेका छन् ।