नेपालको कमजोर ब्याटिङ : आठ ओभरमा चार विकेट गयो
काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) र नेपालबीचको टीट्वेन्टी शृंखला अन्तर्गतको पहिलो खेल जारी छ।
टस जितेर फिल्ड रोजेको नेपालले यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याइरहेको छ। लक्ष्य पछ्याउने क्रममा नेपालले कमजोर ब्याटिङ गरेको छ। आठ ओभरको समाप्तिमा नेपालले चार विकेट गुमाइएको छ।
नेपालका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसँगै सुरुवाती क्रमका ब्याट्सम्यान प्रदीपसिंह र दिपेन्द्रसिंह ऐरीलाई गुमाइसकेको छ।
नौ दशमलव चार ओभरमा नेपालले चार विकेटको क्षतिमा ५६ रन बनाएको छ।