नेपालको कमजोर ब्याटिङ : दश ओभरमा पाँच विकेट गयो
काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) र नेपालबीचको टीट्वेन्टी शृंखला अन्तर्गतको पहिलो खेल जारी छ।
टस जितेर फिल्ड रोजेको नेपालले यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याइरहेको छ। लक्ष्य पछ्याउने क्रममा नेपालले कमजोर ब्याटिङ गरेको छ।
नौ ओभरको समाप्तिमा नेपालले पाँच विकेट गुमाएको छ। नेपालका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसँगै ब्याट्सम्यान प्रदीपसिंह ऐरी, दिपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल आउट भइसकेका छन्।
१० ओभरको समाप्तिमा नेपालले पाँच विकेटको क्षतिमा ६६ रन बनाएको छ। क्रिजमा सन्दीप जोर र करण केसी छन्।