एउटै कोठामा युवा-युवतीको शव

एउटै कोठामा युवा-युवतीको शव

विराटनगर : विराटनगर महानगरपालिका– १४ डिग्री क्याम्पस नजिकै एउटा घरको कोठामा युवा–युवतीको शव भेटिएको छ । अशोकुमार यादवको घरको कोठा भित्र बिहीबार साँझ शव भेटिएको हो । मृतक दुवैजना भारतीय नागरिक भएको खुलेको छ । 

यादवको घरमा आठ÷नौ महिना अघि कोठा भाडामा लिएर बसेका उनीहरु श्रीमान–श्रीमती हुन् कि हैनन् भन्ने नखुलेको प्रहरीको भनाइ छ । शव भारत दरभंगा घर भएका अन्दाजी ३५ वर्षीय रन्जन सिंह र अन्दाजी २५ वर्षीय पुजाकुमारीको शव भएको प्रहरीले बताएको छ । 

युवकको शव रातो रंगको गलफन (मखलर) को पासो लगाएर झुन्डिएको अवस्थामा र युवतीको शव घाँटीमा निलो रंगको सलले बाँधेको र भूइँमा लडिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । 

स्थानीय बासिन्दाका अनुसार उनीहरु श्रीमान–श्रीमती भन्दै यादवका घरमा भाडामा बस्दै आएका थिए । मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले उनीहरु श्रीमान श्रीमती हुन् भन्ने प्रमाण फेला नपरेको बताए । 

युवकको शव टिनले छाएको घरको काठको बलोमा झुन्डिएको अवस्थामा भेटिएको हो भने  युवतीको शव घाँटीमा सल बाँधिएको तर भूइँमै लडिरहेको अवस्थामा भेटिएको श्रेष्ठले जानकारी दिए । 

दुबै जनाले सहमतिमै झुन्डिएर आत्महत्या गरेको तर युवतीले झुन्डिन प्रयोग गरेको सल भने चुँडिएर शव भूइँमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ । भाडामा बस्दै आएका युवक सिटी सफारी चलाएर जीविकोपार्जन गर्दै आएको र युवती भने घरमै बस्ने गरेको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई गराएका छन् । 

घटनास्थलबाट प्रहरीले दुईवटा मोबाइल र केही कागजपत्र मात्रै फेला पारेको छ । सबै झ्याल र ढोका भित्रबाटै लगाएको अवस्थामा कोठामा शव भेटिएको जानकारी प्रहरीले दिएको छ । 

‘झ्याल र ढोका भित्रबाटै लगाएको अवस्थामा शव फेला परेको छ,’ डीएसपी श्रेष्ठले भने, ‘भारतीय नागरिक भएका कारण आफन्त र परिवारका सदस्यसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ ।’ 

दुबै जनाको शवलाई पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.