चरिकोटमा करेन्ट लागेर मजदुरको मृत्यु

चरिकोटमा करेन्ट लागेर मजदुरको मृत्यु

दोलखा : दोलखाको भीमेश्वर नगरपालिका-६, सिम्पानीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।

सदरमुकाम चरिकोटस्थित सेनाको ब्यारेक क्षेत्रमा बिहीबार दिउँसो करेन्ट लागेर भीमेश्वर नगरपालिका-९ लाकुरीडाँडा घर भएका ३० वर्षीय राजकुमार लामाको मृत्यु भएको हो। उनी  सदरमुकाम चरिकोट बस्दै आएका थिए। 

भीमेश्वर नगरपालिका-६, सिम्पानीस्थित भीमसेन श्रेष्ठको घरमा डेरा बसेका लामालाई सोही घरको तला थप्न पर्खाल लाउने क्रममा करेन्ट लागेको हो। 

करेन्ट लागेर गम्भीर घाइते भएका लामाको उपचारका लागि प्रस्तावित चरिकोट अस्पताल पुर्‍याएपछि मृत्यु भएको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। 

१५ दिनदेखि सोही घर निर्माणमा सक्रिय लामालाई गाह्रोको नाप लिने क्रममा करेन्ट लागेको हो। नाप लिने क्रममा उनलाई बिजुलीको तारले छोएको प्रहरीको भनाइ छ। 

  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.