ओढारमा पुरिएका दुईजना गोठाला मृत भेटिए

ओढारमा पुरिएका दुईजना गोठाला मृत भेटिए

धादिङ : उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका ४ हिन्दुङको ओढारमा बेपत्ता भएका दुई गोठाला मृत भेटिएका छन्। 

आइतबार हिमपात भइरहेको बेला दुई सय ६० भन्दा बढी भेडाबाख्रासहित दुई गोठाला बेपत्ता भएका थिए। बेपत्ता भएका  १७ वर्षीय धनबहादुर तामाङ र ४२ वर्षीय नुर्बु तामाङ को शव भेटिएको हो। 

बेपत्ताहरुको खोजीमा २७ जना सशस्त्र प्रहरी र ५० भन्दा बढी स्थानीय गाउँले खटिएका थिए। बिहीबार साँझ ७ बजेतिर दुवैजनाको शव फेला परेको सशस्त्र प्रहरी धादिङका डिएसपी दर्शन गिरीले जानकारी दिए।

ढुंगाले थिचिएको अवस्थामा दुवैजनाको शव भेटिएको उनको भनाइ छ। ओढारभित्र पस्ने ठाउँ नै बन्द भएपछि प्रहरीले नयाँ ठाउँबाट खनेर उनीहरुको शव निकालेको हो। शव फेला परेपछि गाउँले र आफन्त शोकमा डुबेका छन्। ओढारको मुखमा ठूला चट्टान खसेर टालिएपछि उनीहरु पाँच दिनदेखि बेपत्ता थिए। 

सडक संजालले नजोडिएको उक्त घटनास्थल सदरमुकाम धादिङवेशीबाट दुई दिनको पैदल दूरीमा पर्छ। घटनास्थल रुवीभ्याली गाउँपालिकाको केन्द्र सेर्तुङबाट ६ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ। 

उक्त क्षेत्रमा शुक्रबारदेखि नै लगातार हिउँ परिरहेको र घटना भएको दिन आइतबार पनि बिहानैदेखि हिमपात भएको थियो। हिमपातबाट जोगिन ओढारमा पसेकै बेला दुर्घटना भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.