बागलुङ नगरपालिका कार्यालय नसार्न कारण देखाउ आदेश

बागलुङ नगरपालिका कार्यालय नसार्न कारण देखाउ आदेश

बागलुङ : बागलुङ नगरपालिकाको कार्यालय सारिएको भन्दै उच्च अदालत बागलुङमा परेको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश हरिप्रसाद पौडेल र शकुन्तला घिमिरेको इजलासले बागलुङ नगरपालिकाको रात्माटामा रहेको कार्यालय सार्नुपर्ने कारण १५ दिन भित्र पेश गर्न विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो।

बागलुङ नपा ४ मा रहेको नगरपालिका कार्यालय बजार सार्ने निर्णयविरुद्ध रात्माटा विकास समाजले अदालतमा रिट निवेदन दिन कविन्द्रप्रसाद शर्मा सापकोटा, रामचन्द्र शर्मा र भैरव प्रसाद उपाध्यायलाई जिम्मा दिए पछि उनीहरूले संयुक्त रुपमा उच्च अदालतमा रिट दायर गरेका थिए।

रात्माटा विकास समाजले आमभेला गरेर अदालतमा रिट निवेदन दिने, जनप्रतिनिधि प्रति खेद व्यक्त गर्ने लगायतका निर्णय गरेको थियो।

रात्माटा साविकको धौलागिरी अञ्चल सदरमुकामदेखि १० मिनेटको उकालो हिँडेपछि पुग्न सकिन्छ।

नगरपालिकाका १४ मध्ये ११ वडा अध्यक्षले साविकको नगरपालिका हुँदा ठिकै भए पनि संघीय अभ्यासमा बलेवा क्षेत्र समेत नगरमा समावेश भएपछि बजारभन्दा माथि कार्यालय हुँदा जनतालाई सास्ती भएको कार्यालय बजारमा सार्न माग गर्दै आएका थिए।

सोही अनुसार अघिल्लो महिनाको अन्त्यमा नगरपालिकाले बजारको कृषि ज्ञान केन्द्रको कार्यालयमा बोर्ड राखेर सेवा दिन थालेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.