नेपालको परिर्वतन देखेर अन्तर्राष्ट्रिय जगत अचम्भित : प्रधानमन्त्री ओली

नेपालको परिर्वतन देखेर अन्तर्राष्ट्रिय जगत अचम्भित : प्रधानमन्त्री ओली

दमक : प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो वर्ष नेपालको प्रगति र विकाश देखेर दुनियाँ आश्चर्य चकित भएको बताएका छन्। 

पुरानो राष्ट्रिय संरचनालाई आमुल परिवर्तन गर्दै सहजताका साथ नेपाल विकासमा अघि बढेको देखेर अन्तर्राष्ट्रिय जगत आश्चर्यमा परेको उनको भनाइ छ। 

बिहीबार दमकमा आयोजित बृहत बाल महोत्सव कार्यक्रमको उद्घाटन गर्दै ओलीले आफूले ठूलो अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना कुरा सुनाउँदा विश्व जगत छक्क परेको बताएका हुन्। 

संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय मञ्च तथा विश्वका धनीहरु संलग्न स्विट्जरल्यान्डको डाबोस जस्ता मञ्चमा नेपालले के गरिरहेको छ भन्ने बारे आफूले जानकारी गराएको ओलीको भनाइ छ। 

छोटो समयमा नेपालले नयाँ बनेको संघीय संरचनालाई पूर्णता दिएको देखेर अन्तर्राष्ट्रिय जगतको ध्यान नेपालतिर खिचिएको उनको भनाइ छ। 

‘नेपालमा एक वर्षभित्र धेरै कानुन निर्माण भएका छन्। हामी संघीय संरचनालाई शान्त र सन्तुलित ढंगले अघि बढाउन र कर्मचारी समायोजन गर्न सफल भएका छौँ’, ओलीले भने, ‘अब नेपालमा विकासको कदम रोकिँदैन।’ 

आफ्नो नेतृत्वको सरकारले छिमेकी सँगको सम्बन्ध बराबरीको हैसियतमा पुर्‍याएको समेत ओलीको दाबी गरे। ‘हिजो नेपाल र छिमेकी देशबीचको सम्बन्ध असमान हैसियतमा थियो’, ओलीले भने, ‘आज त्यो सम्बन्ध समान हैसियतमा पुगेको छ। अब कुनै असमानता आउने छैन। यो सम्बन्ध एकदमै सन्तुलित र व्यवस्थित ढंगले अघि बढ्छ।’ 

वृद्धाभत्ता बढाउने घोषणा 

प्रधानमन्त्री ओलीले बाल महोत्सवलाई सम्बोधन गर्दै वृद्धाभत्ता बढाउने घोषणा गरेका छन्। 

उनले यही आर्थिक वर्षको बजेट भाषणबाट जेष्ठ नागरिक भत्ता बढ्ने घोषणा गरेका हुन्। उनले आउने जेठ १५ गतेबाट वृद्धाभत्ताका नाममा आलोचना गर्ने दिने सकिने बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.